चीनमा मंकीपक्स भाइरसका कारण १ जनाको मृत्यु !

२०७८ श्रावण ४ गते, सोमबार


काठमाडौँ । चीनमा फैलिएको मंकीपक्स भाइरसका कारण १ जनाको मृत्यु भएको छ । चीनको बेइजिङ स्थित अस्पतालमा उपचाररत १ पशु चिकित्सकको मंकीपक्सका कारण मृत्यु भएको हो । केही समय अघि मरेको बाँदरलाई गाड्ने क्रममा बान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछी उहाँलाई मंकीपक्स भएको पुष्टी भएको थियो ।
चीनमा पछिल्लो समय मंकीपक्सका दर्जनौ बिरामी फेला परेका छन् । यसअघि नाइजेरियाको भ्रमणबाट टेक्सस फर्केका एक जना अमेरिकी नागरिकमा पनि मंकीपक्स भाइरस देखा परेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु