देशका केही ठाउँमा ठूलो वर्षा सम्भावना !

२०७८ श्रावण ३ गते, आईतवार


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा पानी पर्ने र केही ठाउँमा धेरै ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
आज बिहान देशभर विभिन्न स्थानमा वर्षा भएको छ । दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा यस क्रममा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना औल्याइएको छ । राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने बताइएको छ ।
प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा दिउँसोझैं मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार