अमेरिकामा मंकीपक्स भाइरसको संक्रमण !

२०७८ श्रावण ३ गते, आईतवार

काठमाडौँ । मंकीपक्स भाइरस देखा परेपछि अमेरिकी बैज्ञानिहरु चिन्तित भएका छन् । नाइजेरियाको भ्रमणबाट हालै टेक्सस फर्केका अमेरिकी नागरिकमा मंकीपक्स भाइरस देखा परेपछी अनुसन्धान थालिएको छ । ती ब्यक्तिको शरीर भरी मासुको फोका अर्थात मुसाको लक्षण देखा परेपछि अनुसन्धान थालिएको हो । कोरोना संक्रमित ती ब्यक्ति संक्रमण मुक्त भएपछि टेक्सस फर्केका थिए । कोराना संक्रमित जनावरको सम्पर्कमा आएका ब्यक्तिमा सर्ने सो रोगले ग्रसित ती ब्यक्तिलाई अस्पताल भर्ना गरिएको छ भने उनको कन्ट्रयाक्ट ट्रेसिङमा पर्नेहरुको खोजी जारी छ । प्रारम्भिक अनुसन्धान अनुसार मंकीपक्सबाट संक्रमित ब्यक्तिको श्वासबाट नै अर्को ब्यक्तिमा यो रोग सर्ने गरेको पाइएको छ ।
यसअघि यो रोग सन् १९७० मा पहिलो पटक कंगोमा फेला परेको थियो जसका कारण एक सय भन्दा बढी पिडीत भएका थिए । सन् २०१८ मा नाइजेरियाको भ्रमणबाट फर्केका ३ जना बेलायती नागरिकमा पनि यो रोग देखा परेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु