नेकपाका महासचिव विप्लव र माधव नेपालबीच भेटवार्ता : समसामयीक राजनीतिक विषयमा छलफल

२०७८ असार ३१ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान भएको सो भेटमा नयाँ सरकार गठन भएको सन्दर्भमा पुरानो सरकारसँग भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ । विशुद्ध राजनैतिक भेटघाट भनिएको उक्त भेटघाटमा समसामयीक राजनैतिक विषयमा छलफल भएको र तीनबुँदे सहमतिका विषय र खासगरी बन्दी रिहाइँका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु