नेकपा सचिवालयको बैठक सम्पन्न : सबै राजनीतिक शक्तिसंग सम्बाद र छलफललाई तिब्रता दिने निर्णय

२०७८ असार ३१ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको   केन्द्रिय सचिवालयको बैठक सम्पन्न भएको छ । बुधबार   काठमाडौँमा सम्पन्न उक्त पार्टीको   सचिवालयको बैठकले पछिलो बिकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरुसंग सम्बाद र छलफललाई तिब्रता दिने निर्णय गरेको छ । बैठकमा अघिल्लो सरकारसंग भएको तीनबुंदे सहमति वर्तमान  सरकारले पनि स्विकार्नु पर्ने र कार्यान्वयन गर्नुपर्ने बिषयमा छलफल भएको बताइएको छ।  

 यसैगरी , सो बैठकले कोभिडबिरुद्धको खोप सबै नागरिकलाई तत्काल उपलब्ध गराउनु पर्ने , कोभिड संक्रमितको उपचार निशुल्क र सर्वसुलभ गराउनु पर्ने , स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई तत्काल जोखिमभत्ता उपलब्ध गराउनु पर्ने बिषय   सरकारसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको  छ। 

यसैगरी , सो बैठकले जनपरिचालन र जनजागरण अभियान संचालन गर्ने , जनसरोकार जनजिबिकाको बिषयमा जनप्रदर्शन र संघर्ष गर्ने निर्णय गरेको छ।  साथै सो बैठकले इन्धनमा भएको मुल्यवृद्धि , महंगी , भ्रष्टाचार ,  शैक्षिक – स्वास्थ्य समस्यालागायत सुकुम्बासीमाथि भएका ज्यादती , जातीयविभेद र छुवाछुत , महिलाहिंसा  र बलात्कारलगायतका बिषयलाई लिएर संघर्स गर्ने  निर्णय गरेको छ। 

यसैगरी , सो बैठकले नेपालको नयाँ नक्शा सम्पूर्ण  क्षेत्रमा प्रयोग गर्ने  गराउने     निर्णय गरेको छ ।  साथै उक्त बैठकले पार्टीको मुखपत्रलाई नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन  गर्ने  निर्णय समेत गरेको बताइएको छ। 

प्रतिक्रियाहरु