कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

२०७८ असार २७ गते, आईतवार


काठमाडौँ । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिललाई १-० हराउँदै अजेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाका लागि डि मारियाले २२ औं मिनेटमा गोल गरेका थिए । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १५ औं पटक जितेको छ । लियोनल मेस्सीले आफ्नो देशका लागि यो पहिलो सिनियर उपाधि जितेका हुन् । यसअघि मेस्सीले सन् २००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए । -एजेन्सी

प्रतिक्रियाहरु