छुङकिङ सम्झौता—वार्ताबारे

२०७८ असार २१ गते, सोमबार

माआोत्सेतुङ


लौ त, अब हामी वर्तमान परिस्थितिबारे कुरा गरौँ । अहिले हाम्रा कामरेडहरुले चाख राखेको विषय यही हो । यसपाला छुङकिङमा क्वोमिन्ताङ र कम्युनिष्ट पार्टी बीचको सम्झौता–वार्ता चार दिनसम्म चल्यो वार्ताको नतिजा अखबारहरुमा प्रकाशित भैसकेको छ । यी दुई पार्टीका प्रतिनिधिहरुको बीचमा सम्झौत–वार्ता चलिरहेकै छ । सम्झौत–वार्ता फलदायी भएको छ । क्वोमिन्ताङले शान्ति र एकताका सिद्धान्तहरु स्वीकार गरेको छ, जनताका केही जनवादी अधिकारहरुलाई मान्यता दिएको छ र गृह युद्धलाई पन्छाउनु पर्छ र नौलो चिनको निर्माणको लागी दुई पार्टीले शान्तिपुर्वक आपसी सहयोग गर्नुपर्छ भन्ने कुरा स्वीकार गरेको छ । यी बुँदाहरुमा सहमति प्राप्त भैसकेको छ । अरु बुँदाहरु प्नि छन् जसबारे अझै सहमति भएको छैन । मुक्त क्षेत्रहरुको समस्या अझै सुल्झेको छैन, र सशस्त्र सेनाहरु सम्बन्धी समस्या त झन साँच्चि नै सुल्झेको छैन भईसकेका सम्झौताहरु पनि अझै कागत मै सीमित छन् । कागतमा लेखिएका शब्दहरु वास्तविकता सरह हुदैँनन् । तिनिलाई वास्तविकतामा उतार्नुभन्दा अघि ज्यादै ठुलठुला प्रयासहरु नगरी नहुने कुरा तथ्याङकले देखाईसकेका छन् ।
क्वोमिन्ताङ एकातिर हामीसँग सम्झौत–वार्ता चलाउँछ र अर्कातिर मुक्त क्षेत्रहरुमा भयङकर आक्रमण गर्दैछ । शेनशी–कानसु–निङश्या सीमान्त क्षेत्रलाई घेरिरहेका क्वोमिन्ताङ सेनाहरुलाई छाडेर पनि उसका ८,००,००० जवानहरु यी आक्रमणहरुमा प्रत्यक्षरुपले लागिसकेका छन् । जहाँ जहाँ मुक्त क्षेत्रहरु छन् त्यहाँ लडाई चलिरहेकै छ वा लडाईको तयारी गरिदैछ । “१० अक्टोबरको सम्झौता” —को पहिलो धारा नै “शान्ति र राष्ट्रिय पुननिर्माण”— बारेमा छ,ं त्यस्तै भए । त्यसैले कागतमा लेखिएका कुरालाई व्यवहारमा उतार्न हाम्रो तर्फबाट अझै प्रयास गर्नुपरेको छ भनेर हामीले भनेका हौँ । हामीमाथि आक्रमण गर्न क्वोमिन्ताङले यति धेरै फौजहरुलाई परिचालन गर्नको कारण के हो त ? कारण के हो भने उसले निकै अघि नै जनताका शक्तिहरुलाई सखाप पार्ने अठोट गरेको थियो, हामीलाई सखाप पार्ने अठोट गरेको थियो । हामीलाई छिटै नै सखाप पार्नु उसकोनिम्तिा सबभन्दा राम्रो कुरा हो, अथवा यसो गर्न नसकेमा उसले हाम्रो स्थिति बिगार्न र उसको आफ्नो स्थिति सपार्न चाहेको छ । सम्झौतामा शान्तीको उल्लेख भएता पनि वास्तवमा यसले साकार रुप लियको छैन । शानशी प्रान्तका शाङताङ क्षेत्र जस्ता ठाउँहरुमा निकै व्यापक स्तरमा लडाइँ चलिरहेको छ । चारैतिरबाट थाएहाङ, थाएथ्वे र चुङथ्याओ पहाडले घेरेको शाङताङ क्षेत्र कराई जस्तो आकारको छ । यस कराईमा माछा र मासु छ र यसलाई कब्जा गर्न येन शी–शानले तेह्र डिभिजन सेना पठाइएको छ । हाम्रो नीति पनि निकै नै अघि निर्धारित भएको हो, र त्यो हो इटाको जवाफ ढुङ्गाले दिनु र एकएक इन्च जमिनकोलागि लड्नु । यस पाला हामीले इँटाको जवाफ ढुङ्गाले दियौँ । अर्को शब्दमा भन्ने हो भने हामीले तेह्र डिभिजन सेनालाई सखाप पा¥यौ । बैरीको आक्रमणकारी सेनामा ३८,००० जवानहरु थिए र हामीले ३१,००० जवानलाई लडाईमा संलग्न गरेको थियौँ बैरीका ३८,००० जवानहरुमा ३५,००० जवान ध्वस्त भए, २,००० जवान भागे र १,००० जवान छित्रभित्र भए र ।२ यस्तो लडाई पछि पनि चलिरहने छ बैरीहरु हाम्रा मुक्त क्षेत्रहरु मुठ्याउन हुरुक्क भएका छन् । यो कुरा बुझ्न अघि गाह्रो भए झै लाग्छ । हैन, यी मानिसहरु मुक्त क्षेत्रहरुमा नङ्गा गाड्न किन यति गाह्रो पिरोलिएका होलान् ? मुक्त क्षेत्रहरु हाम्रा हातमा रहनु, जनताका हातमा रहनु जाती कुरा होइन र ? हो, जाति कुरा हो । तर यो त हाम्रो सोचाइ मात्र हो, जनताको सोचाइ मात्र हो । उनीहरुले पनि यस ढङ्गले सोचेका भएत हाम्रो एकता भइहाल्थ्यो र हामी सबै नै ‘‘कामरेड’’ हुन्थ्यौँ । तर उनीहरु यस ढङ्गले सोच्दैनन् बरु तिनले त हठपूर्वक हाम्रो विरोध गर्छन् । तिनले हाम्रो विरोध किन नगर्ने हो त्यो कुरा नै बुझ्न सक्दैनन् । तिनले हामीमाथि आक्रमण गर्नु एकदमै स्वाभाविक कुरा हो । यब हाम्रो कुरा गर्ने हो भने हामीले तिनले हाम्रो मुक्त क्षेत्रहरु कब्जा गर्न किन दिनु नहुने हो भन्ने कुरा हामी पनि बुझ्न सक्दैनौ । हामीले प्रत्याक्रमण गर्नु पनि एकदमै स्वाभाविक कुरा हो । जब दुइटा ‘‘बुझ्न सक्ने’’ पक्षहरु एक अर्कोको सामुन्ने पर्दछन् तब तिनको भिडन्त परिहाल्छ । हैन, दुईटै बुझ्न नसक्ने पक्षहरु छन् भने तिनले किन सम्झौता–वार्ता गरेका हुन् त ? अनि तिनले ‘‘१० अक्टोबरको सम्झौता किन गरेका हुन त ? यस संसारको वस्तुस्थिति ज्यादै जटिल छ र कैयन् तत्वहरुले त्यसको निर्धारण गर्छन् । हामीले समस्याहरुलाई एक पहलुबाट मात्र नहेरेर विभिन्न पहलुहरुबाट हेर्ने गर्नुपर्छ । छुङकिङका केहि मानिसको सोचाइ के छ भने च्याङ काई–शेक भर पर्न नसकिने धोकेबाज भएकोले उसँग सम्झौता वार्ता केहि लछारिदैन । मैले भेटेका क्वोमिन्ताङका केहि सदस्यहरु लगायत कैयन् मानिसले मलाई यसो भने । मैले उनीहरुलाई तपाईले भन्नु भएको कुरा सहि र पक्का, हो तथा यसको नतिजा तपाईहरुले भन्नु भए जस्तै नै हुनेछ भन्ने कुरामा हामी हाम्रो अठाह्र वर्षको अनुभव हेरेर पक्कापक्की विश्वस्त छौँ भनेर भने । क्योमिन्ताङ र कम्युनिष्ट पार्टी यस सम्झौता–वार्तामा विफल हुने कुरा निश्चित छ, तिनले लडाई थाल्ने कुरा निश्चित छ र एक अर्को–सित सम्बन्ध बिच्छेद गर्ने कुरा निश्चित छ, तर यो समस्याको एक पक्ष मात्र हो । समस्याको अर्को पक्ष के हो भने अरु कैयन् तत्वहरुमध्ये च्याङ–काई–शेकको मनमा अनिर्वाय रुपले आशङ्काहरु पैँदा गर्नेछन् । यी तत्वहरुमध्ये मुक्त क्षेत्रहरुको शक्ति, विशाल पछिल्लो भागका जनताबाट गृह युद्धको विरोध हुनु र अन्तर्राष्ट्रिय परिस्थिति मुख्य तीन तत्त्वहरु हुन् । हाम्रा मुक्त क्षेत्रहरुमा १० करोड मानिसहरु छन्, १० लाख फौजहरु छन् र २० लाख जन–सेनाका सदस्यहरु छन् । यो एउटा त्यस्तो शक्ति हो जसलाई कसैले पनि लर्तरो ठान्ने आँट गर्न सक्दैन् । राष्ट्रको राजनैतिक जीवनमा हाम्रो पार्टीको स्थान अब न त १९२७ को जस्तो छ, न १९३७ को जस्तो नै छ । कम्युनिष्ट पार्टीलाई समान मर्यादा प्रदान गर्न सधै नामन्जुर गरिआएको क्वोमिन्ताङ पनि अब यसलाई त्यस्तो मर्यादा प्रदान गर्न बाध्य भएको छ । मुक्त क्षेत्रहरुको हाम्रो कामले सिँङ्गै चीन र सिँङ्गै संसारलाई प्रभावित गरिसकेको छ । विशाल पछिल्लो भागका जनता शान्तिको इच्छा गर्छन् र जनवाद चाहन्छन् र छुङकिङमा छँदा मलाई व्यापक जनताको हार्दिक समर्थनको गहिरो अनुभूति भयो । त्यहाँका जनता क्वोमिन्ताङ सरकारसँग असन्तुष्ट छन् र तिनले हामीमाथि आफ्ना आशा केन्द्रित गरेका छन् । मैले अमेरिकीहरु लगायत थुप्रै विदेशीहरुलाई पनि भेटे । उनीहरु समेत पनि हामीप्रति सहानुभूति राख्दछन् । विदेशी मुलुकहरुका व्यापक जन समूह चीनका प्रतिक्रियावादी शक्तिहरुसँग असन्तुष्ट छन् र उनीहरु चीनका जनवादी शक्तिहरु प्रति सहानुभूति राख्छन् । उनीहरु च्याङ–काई–शेकका नीतिहरु प्नि अस्विकार गर्छन् र हाम्रो मुलुक र विश्वका सबै भागमा हाम्रा थुप्रै मित्रहरु छन् हामी एक्लो परेका छैनौ । चीनको गृह युद्धको विरोध गर्ने र शान्ति तथा जनवादको पक्षमा खडा हुने मानिसहरुमा हाम्रा मुक्त क्षेत्रका मानिसहरु मात्र नपरेर विशाल पछिल्लो भागका र विश्वभरिका व्यापक जन–समूहहरु पर्दछन् । आफ्नो ताना शाही कायम राख्ने र कम्युनिष्ट पार्टीलाई ध्वँस्त पार्ने च्याङ–काई–शेकको मनोगत इच्छ छ, तर उसको अघिल्तिरको बाटोमा कैयन् वस्तुगत कठिनाइहरु छन् । त्यसकारण, उसको अलि यथार्थवादी पनि हुनु परेको छ । उ यथार्थवादी हुँदैछ, र हामी पनि यथार्थवादी छौ । हामीलाई निम्ता गर्नु उसको यथार्थतवादीपन हो र उसँग सम्झौता वार्ता गर्न जानु हाम्रो पनि यथार्थवादीपन हो । हामी २८ अगस्तमा छुङकिङ पुग्यौ । २९ अगस्तको बेलुका मैले क्वोमिन्ताङका प्रतिनिधिहरुलाई के भने भने १६३६ को १८ सेप्टेम्बरको घटनादेखि नै मुलुकमा शान्ति र एकताको खाँचो परेको छ । हामीले शान्त् िर एकताको माग गरेका थियौ तर तिनले यस मागलाई कार्यान्वयन गरेका थिएनन् । ७ जुलाई १९३७ मा प्रतिरोध युद्ध छेडिनु अघि १६३६ को शिआनको घटनापछि मात्र शान्ति र एकताले साकार रुप लिएको थियो । त्यस युद्धको आठ वर्षको अवधिमा जापान विरुद्ध हामीसँसगै मिलेर लड्यौ । तर गृह युद्ध भने कहिल्यै रोकिएन, साना वा ठूला भिडन्तहरु अटुट रुपमा भइरहे । यस अवधिमा गृह युद्ध हुँदैभएन भन्नु धोका हो र यस भनाइले तथ्यसँग मेल खाँदैन । विगत आठ वर्षमा हामीले सम्झौता वार्ता गर्ने आफ्नो तत्परता बारबार प्रकट गरेका हाँै । हाम्रो पार्टीको सातौ महाधिवेशनमा हामीले के घोषण गरेका थियौँ भने ‘‘क्वोमिन्ताङका अधिकारीहरु तिनका गलत नीतिहरु त्याग्न तयार हुनासाथ र जनवादी सुधारहरु गर्न मन्जुर हुनासाथै उनीहरुसँग सम्झौता–वार्ता शुरु गर्न हामी तयार छौ ।’’६ सम्झौता–वार्तामा हामीले के घोषणा गर्यौ भने पहिलो करा, चीनलाई शान्ति चाहिएको छ र दोस्रो कुरा, चीनलाई जनवाद चाहिएको छ । यी कुरा नकार्ने कुनै कारण फेला पार्न नसकेर च्याङ काई–शेकले हाम्रो कुरा मान्नैप¥यो । एकतिर ‘‘कुराकानीको सारांश’’ मा प्रकाशित शान्तिको नीति र जनवाद सम्बन्धी सहमति कागतमा भएका शब्दहरु मात्र हुन् र तिनलाई अझै व्यवहारमा अत्तारिएको छैन, अर्कोतिर, कैयन् किसिमका शक्तिहरुबाट तिनको निर्धारण भएको छ । मुक्र क्षेत्रहरुका जनशक्तिहरु, विशाल पछिल्लो भागका जन शक्तिहरु, अन्तर्राष्ट्रिय परिस्थिति यी सबै कुराको आम प्रबृत्तिले यो कुराहरु मात्र क्वोमिन्ताङलाई बाध्य गराएको हो ।
‘‘ईटाको जवाफ ढुङगाले’’ कसरी दिने भन्ने कुरा परिस्थितिमा भरपर्छ । कहिले काही सम्झौता–वार्ता गर्न जाँदै नजानु नै ईटाको जवाफ ढुङगाले दिनु हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु