नेकपाद्वारा चुरे दोहन नरोके कठोर कदम चाल्ने चेतावनी

२०७८ असार १९ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले चुरे दोहन नरोके कठोर कदम चल्न बाध्य हुने चेतावनी दिएको छ । नेकपा अर्घाखाँचीका सेक्रेटरी खेम घर्ती र कपिलवस्तुका सेक्रेटरी कमल केसीले संयुक्त रुपमा भेट गरी चुरे समस्याबारे जानकारी गराएपछि महासचिव विप्लवले पार्टी यसबारे गम्भीर भएको बताएका हुन् । उनले चुरे दोहन रोक्न स्थानीय सरकार र राज्यले कदम नचाले आफ्नो पार्टीले कठोर कदम चाल्ने चेतावनी समेत दिएका छन् । भेटमा महासचिव विप्लवले प्रकृतिबाट निशुल्क उपहारको रुपमा भएका प्राकृतिक सम्पदा चुरे दोेहन, चुनढुङगा,काठको अबैध रुपमा चोरी निकासी गर्नु गलत भएको बताए ।
जनतालाई सिंहदरबारको अधिकारको नाममा स्थानीय तहमा विकास निर्माणमा भएको अनियमितताप्रति चासो प्रकट गदै महासचिव विप्लवले सबै सचेत नागरिक गम्भीर हुनुपर्नेमा जोड दिएको अर्घाखाँची सेक्रेटरी घर्तीले जानकारी दिए ।
पार्टी जनताको जनजीविका, राष्ट्रियता, जनतन्त्रको सवालमा दृढ रहेको भन्दै उनले जिल्लावासीका समस्याप्रति गम्भीर रहेको उल्लेख गरे ।
महासचिव विप्लवले स्थानीय सरकार र राज्यले गम्भीर कदम नचाले आफ्नो पार्टीले कठोर कदम लिेन चेतावनी दिए ।
पछिल्लो समयमा जिल्लामा लोडसेडिङ्ग मुक्त घोषणा भयो भनेर भाषणबाजी र वक्तव्यबाजी गर्दै नेताहरू हिँडेपनि अझै जनता अध्यारोमा रहेको महासचिव विप्लवको भनाई छ ।
भेटमा विप्लवले देशमा कोरोेना र प्राकृतिक विपत्ति तथा पहिरो बाढीले जनतालाई प्रत्यक्ष रुपमा असर गरेतापनि वर्तमान सरकारले कुनै ठोस निकास निकाल्न नसक्दा जनताको जीवनस्तर कठिनाईपूर्ण भएको बताएको घर्तीले जानकारी दिए ।

प्रतिक्रियाहरु