बंगलादेशको ढाकामा बम बिस्फोट :७ जनाको मृत्यु, ५० जना घाइते

२०७८ असार १४ गते, सोमबार


काठमाडौ । बंगलालेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । बंगलादेशको राजधानी ढाकाको मोघबजार क्षेत्रमा रहेको एक भवनको रेष्टुराँमा बिस्फोट भएको बताईएको छ । बिस्फोटका कारण अन्य सातवटा घरहरुमा क्षति पुगेको छ भने केही सवारीसाधन पनि ध्वस्त भएका छन् ।
बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु