युरो कप : इटाली र डेनमार्क क्वाटरफाइनमा

२०७८ असार १३ गते, आईतवार

काठमाडौं । युरो कप फुटबलको क्वाटरफाइनलमा इटाली र डेनमार्क प्रवेश गरेका छन् । गएराति सम्पन्न खेलमा दुवै टोली विजयी भएर क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । इटालीले अष्ट्रियामाथि कठिन जित निकाल्यो । निर्धारित समयको खेल गोलरहित भएपछि अतिरिक्त समयमा इटालीले दुई गोल गरी जित पक्का गर्यो ।
इटालीका लागि अतिरिक्त समयमा चियसा र पेसिनाले गोल गरेका थिए । अष्ट्रियाले खेलमा फर्कने प्रयास गरेको थियो । कालाजिकले गोल गरेर इटालीलाई दबाबमा पारेका थिए ।
वेल्सको युरोकपको यात्रालाई डेनमार्कले रोकिदिएको छ । डेनमार्कले वेल्समाथि ४-० को जित निकाल्यो । डेनमार्कका लागि डोलवर्गले २ गोल गरेका थिए । मइले र ब्रेथवेटले एक-एक गोल गरेका थिए ।- एजेन्सी

प्रतिक्रियाहरु