स्विस बैंकमा कसको कति छ ?

नन्दलाल खरेल २०७८ असार ९ गते, बुधबार



मुलुक कोरोनाबाट भयावह छ,
सँगसँगै आर्थिक अपचलनबाट आक्रान्त छ ।

स्विस बैंकमा कसको पैसा कति छ,
सबै सरकार सधै वेखबर छ ।

पैसा कुन स्रोतबाट आर्जित छ,
जम्मा कसरी गरियो अत्यन्त गोप्य छ ।

दलाल नेता तथा तस्कर माफीयाका हुन भन्ने अङ्कल छ,
समृद्ध नेपाल सुखी नेपालीको नारा लथालिङ्ग भएको छ ।

सयौं वित्तिय संस्थाहरु नेपालमै छ,
तर नेपालीको रकम स्विस बैकमा छ ।

भ्रष्टाचारको व्यारोमिटर उत्कर्षमा छ,
स्विस वैंकमा वर्षमै कुल वचत दोब्वर छ ।

जिम्मेवार निकाय र नेतृत्व नजवाफ छ,
४० प्रतिशत अनौपचारिक अर्थतन्त्रले ओगटेको छ ।

आर्थिक अनियमितता बढ्ने निश्चित छ
स्विस वैंकमा जम्मा हुने रकम डरलाग्दो छ ।

प्रतिक्रियाहरु