स्थानीय सरकारहरूलाई खुला पत्र !

२०७८ असार ७ गते, सोमबार

देशभरका स्थानीय सरकार प्रमुखज्यू

सबैमा अभिवादन, नमस्कार !

प्रकाश शाही

हुन व्यक्तिगत रूपमा अहिलेका सबै सत्ता निकायप्रति हाम्रो असहमति छ, फेरि पनि आमजनताको रूपमा यो पत्र लेख्दै छु सदा जसो आराम रही आरामताको कामना गर्न सक्ने हालतमा छैन, भौतिक रूपमा त्यस्तो केही शारीरिक समस्याहरू नभए पनि पछिल्लो कोरोना महामारी बाढी पहिरोले निम्त्याएको मानवीय भौतिक क्षतिले मानसिक रूपमा विक्षिप्त बनाएको हाम्रा होनहार नौजवान दाजुभाइ, दिदीबहिनीहरूको अकाल मृत्युले हजुरहरूलाई पनि बेचैन पारेकै होला भन्ने अनुमान गर्न सकिन्छ, पत्र लेख्नु पर्ने खास कारण यीसँगै अन्य विषयवस्तुहरू पनि छन्, जुन पत्रमा प्रसंगअनुसार उल्लेख हुने नै

आदरणीय प्रमुखहरू !

देश गतवर्षदेखि नै कोरोना महामारीले आक्रान्त बैशाखयता त्यसमा लकडाउन पनि थपिँदा रोग भोकले, हाम्रा प्रियजनहरूको मृत्युका आँकडा वैशाख यताको मात्र हेर्दा करिब हजार हाराहारी छ, जुन सामान्य होइन, पहिलो चरणको विश्वव्यापी महामारीको बेला इटली, अमेरिकामा भएको मानवीय क्षतिमा सहानुभूति दिने तपाईंं हामी आज अरूको सहानुभूति स्वास्थ्य सामग्रीको आशमा छौं, कतिपय त्यो बेला दुःख व्यक्त गर्ने हाम्रा प्रियजनहरू आज हाम्राबीच हुनुहुन्न साह्रै नमिठो अनुभूति हुँदैछ सुनेको छु देशभर सबै जनप्रतिनिधि उनका नातेदारहरू सबैले खोप लगाउनु भयो रे ! हेटौँडा उपमहानगरपालिकाकी उपमेयरज्यूले आफ्नो कार्यकर्तासम्म पनि लाइन लगाएर खोप दिने व्यवस्था मिलाउनु भएछ त्यो राम्रै मान्नु प¥यो लुकेर गर्नुभन्दा हाकाहाकी गर्नुभयो, आखिर के अपराध हो र ? यी कार्यकर्ता पनि जनता नै हुन क्यारे आखिर चुनावमा मर्न मार्न तयार हुने यी नै हुन के–के छानविन भनेको प्रशासनले गरोस् भन्ने पनि होला गरेर नापिने पनि केही होइन, यस्तै–यस्तै लाग्दो हो तपाईंंहरूलाई तर, के एक पटक सोच्नु भयो ? तपाईंंहरूले प्राथमिकता दिएका जनताले खोप पाए त ? तपाईंंहरूलाई पाँच वर्ष आफ्नो गाँस, छिनेर भोट दिने किसान, मजदुर, शिक्षक, विद्यार्थी, व्यापारीलगायतहरूलाई के भयो होला ? आपूmले खोप लगाउँदै गर्दा त्यो खोप ती जनतालाई आवश्य छ–छैन ? तपाईंंहरूले स्थानीय निकायमार्फत कति कोसिस गर्नु भयो ? पूर्वाग्रही बन्यो भन्नु होला तर हामी केही कोसिस भएको अनुभूति गर्न सकेनौं जनताको नजरबाट हेर्दा खोप सबै जनताको नैसर्गिक अधिकार हो तर राज्य योबीचमा खोप ल्याउन पहलभन्दा पनि जनता थुनेर प्राकृतिक दोहनमा लाग्यो भन्ने मेरो प्रश्न तपाईंंहरूलाई छ ? जनता गाडी नपाएर छट्पटाउँदै ट्याक्टरमा अस्पताल लगिँदै गर्दा तपाईंंहरुको मन कुँडिएन ? जनताको रगत पसिनाले किनिएको तपाईं चढ्ने विलासी गाडीको के काम भयो ? मान्छे अक्सिजन बेड नपाएर प्राण त्याग्दै गर्दा कति पीडा भयो होला भुक्तभोगीलाई थाहा छ, सायद तपाईंहरूले भोग्नु भएन, त्यसैले तपाईंहरूलाई धेरै अनुभूत हुने कुरा भएन सुनिँदै छ, महामारीको तेस्रो लहर पनि आउँदै योविरूद्ध लड्ने आगामी तयारी के छ ? कि फेरि जनता लकडाउनको नाममा थुन्ने ? विचार गर्नु होला समय खोप, जनचेतना, अक्सिजन, आईसोलेसन, बेडहरू तपाईंहरूको इच्छाशक्ति हुँदा सम्भव आशा छ, यतातर्फ कोसिस गर्नु हुने जनशक्तिको अभाव भए मजस्ता हजारौं तपाईंहरूलाई सहयोग गर्न तयार छौं भर पर्ने कुरा तपाईंहरूको इच्छाशक्तिमा हो, कोरोना महामारीबारे यति भने

अहिले अर्को समस्या पनि सदाजस्तो आयो मनसुनको सुरूवातसँगै पहिलो चरणको बाढी पहिरोले डोटी, जाजरकोट, मनाङ सिन्धुपाल्चोकसँगै देशभर व्यापक जनधनको क्षति गरी आफ्नो रूप प्रदर्शन गरिसकेको मनसुन अझै केही महिना सक्रिय नै रहेने यसको सामना कसरी गर्ने सोच्नु भएको छ, योजना के छ ? जनताहरूलाई विश्वस्त पार्नु होला जनतालाई भोक, निद छैन, अहिलेदेखि नै जनताको प्रतिनिधि हो भने यो बिषयले छुनुपर्छ सुनिदै छ, असार दोस्रो हप्ता भित्र देशभरका स्थानीय निकायहरूले बजेट ल्याउँदै छन्, तपाईंहरूको प्राथमिकता के–के हुन् ? साह्रै जान्ने मन मलगायत देशभरका युवा विद्यार्थीहरूलाई किनकि तपाईंहरू नै भन्नु हुन्छ भविष्य तपाईंहरूको हो तर, आजभन्दा पहिलेको बजेट यो कुरो देखिएन भविष्यलाई मजाक बनाएको महसुस हुन्छ विनामापदण्डको डोजरे विकास देख्दा आशा त्यसको निरन्तरता रोकिने छ, विकास निर्माणका योजना बनाउँदा विज्ञहरूको सल्लाहमा प्रकृति मानवबीचको जीवन्त सम्वन्धलाई विचार गरेर अल्पकालिन, मध्यकालीन दीर्घकालीन गरी बनाइने जरूरी छैन कि तपाईंको पालामा बनाइएको योजना हतारमा अहिले नै पूरा होस्, समय लाग्छ भने जनतालाई बुझाएर काम गर्नु होला नेताको काम जनताको नेतृत्व समस्याहरूको सही व्यवस्थापन हो तर, हामीले त्यो कहिले अनुभूति गर्न पाएका छैनौं यो विश्वासको खडेरी छ, जनता स्थानीय सरकारबीच यता ध्यान दिनु होला अर्को विपत भोग्नु हाम्रो नियति जस्तै भएको तर, योसँग कसरी जुझ्ने तयारी सधैँ फितलो देखिन्छ भनिन्छ, निरन्तरको अभ्यासले जंगली पशुहरूले पनि केही सिक्छ, हामी मानव हौं हिजोका कमीकमजोरी विपत्तिहरूबाट हामीले सिक्नु पर्दछ यो दोहोरिनु दिनुहुँदैन यतातर्फ आवश्यक ध्यान दिनु हुने नै

सबैले भन्ने गरेको एउटा प्रचलित वाक्य भनौं ‘हामी किन आत्मनिर्भर हुन सकेनौं’ यो हाम्रो थेगो जस्तै भएको छ, यसमा विभिन्न क्षेत्रका विज्ञहरूको आ–आफ्नै धारणाहरू छन् अर्थशास्त्री भन्छन्– व्यापार घाटा छ, भूगोलविद् भन्छन्– हाम्रो जियोग्राफी नै उबडखाबड त्यसैगरी, राजनीतिज्ञ भन्छन्– हामी दुई ठूला देशको बीचमा छौँ, त्यसैले परनिर्भर भयौं आदि–आदि यी तर्कहरू हुन् तर काम गर्दा हामी हाम्रो खुट्टामा उभिने प्रशस्त आधारहरू छन् हाइड्रो पावर, पर्यटन, आधुनिक कृषि, खानीलगायत तमाम क्षेत्रमा काम गर्न सकिन्छ तर, काम मुखले मात्र भाषण गरेर हुँदैन हामीसँग ती कामका लागि उपकरण दक्ष जनशक्ति आवश्य हुन्छ जुन सजिलै प्राप्त गर्न कठिन त्यस कारण भोलिको भविष्य यदि साँच्चि युवाहरूको हो भन्नुहुन्छ भने युवा विद्यार्थीहरूमा लगानी गर्नुहोस् जुन दशकौंदेखि छुट्दै आइरहेको के तपाईंहरू देशभरका सबै स्थानीय सरकार आँट गर्न सक्नु हुन्छ ? ७५४ वटै पालिकामा यस पटकको बजेटबाट प्रत्येक वर्ष सरकारी सामुदायिक शिक्षाको गुणस्तर व्यवस्थापनमा तपाईंको बजेटको ५० प्रतिशत छुट्याउने ? हाम्रो प्रश्न तपाईंहरूलाई फगत उपभोक्ता समितिको नाममा कार्यकर्ता पाल्ने कामभन्दा यो धेरै उच्चकोटीको महान् युग बदल्ने काम हुनेछ के बिनाआग्रह–पूर्वाग्रह यता हामी सोच्न सक्छौं ? सायद सक्नुपर्छ परम्परागत तरिकाबाट हेर्दा केही गाह्रो अवश्य होला तर तपाईंहरूले आँट गर्दा केही दशकमै अहिलेको तपाईंहरूको निर्णयले हाम्रो समाजमा नयाँ रङ ल्याउने हरेक स्थानीय निकायले आफ्नो क्षेत्रका चिकित्सा, इन्जिनियरिङ, कृषि पढ्न चाहने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरोस् पास गरेपछि अनिवार्य निश्चित समय आफ्नो स्थानीय पालिकाहरूमा सेवा गरून् यसले अहिलेको हचुवामा गरिने विकास निर्माण बेलामौकामा आउने महामारीलाई सही ढंगले व्यवस्थापन गर्न ठूलो मद्दत गर्ने आउदा दिनहरू अहिलेभन्दा सबै हिसाबले सुखद हुनेछन्

अन्त्यमा आदरणीय प्रमुखहरू एउटा सचेत राष्ट्रको उन्नति चाहने जनता हुनुको नाताले माथिका कुराहरू सुझावको रूपमा राखेको छु केही मेरा निजी अनुभवहरू पनि व्यक्त गरेको छु, यसलाई सोअनुसार बुझ्नु हुने मलाई थाहा छ, व्यवस्थाका हिसावले यो दलाल संसदीय व्यवस्था हो यसले जनताको आमसमस्याहरूलाई गम्भीरतापूर्वक बुझ्दैन, समाधान पनि गर्दैन यो केही अभिजातवर्गको सेवा गुलामी मै रमाउँछ यसले आफ्नो आगामी चुनावको भोट हितभन्दा अरू कुरालाई प्राथमिकता दिँदैन यो थाहा तर स्थानीय निकाय जनतासँग प्रत्यक्ष जोडिएकाले केही अपवाद हुन सक्छन् भन्ने कुरा केही ठाउँमा देखिएकोले यो खुलापत्रमार्फत् सबै स्थानीय सरकारलाई अनुरोध गरेको छु आशा छ, यस दिशामा सकारात्मक काम हुनेछ, जसले जनताहरूको आगामी दिन विपतहरूलाई समाधान गर्न मद्दत गरोस्

उही प्रकाश शाही, महासचिव अखिल (क्रान्तिकारी)

हाल काठमाडौं

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु