ओलम्पिक आयोजक जापानले निषेधाज्ञा हटाउने !

२०७८ असार ४ गते, शुक्रबार


काठमाडौं । ओलम्पिक २०२० को आयोजक रहेको जापानले टोकियो ओलम्पिक २०२० सुरु हुन पाँच हप्ता मात्र बाँकी रहेकाले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको आपतकालीन अवस्था आगामी आइतबारबाट हटाइने भएको छ ।
गत अप्रिलबाट टोकियोमा लगाइएको आपतकालीन अवस्था कोरोना संक्रमितको संख्या बढेपनि खेल प्रभावित हुने भन्दै आइतबारबाट प्रतिबन्धहरु हटाउन लागिएको हो । तर स्वास्थ्य सावधानी भने खेल अवधिभर नै कायम रहने आयोजकले जनाएको छ । आगामी जुलाई २३ देखि टोकियो ओलम्पिक २०२० सुरु हुँदैछ ।
कोरोना महामारी जारी रहेकाले प्रतियोगिताहरु घरमै बसेर हेर्न प्रधानमन्त्री योशिहिदा सुगाले अपील गर्नुभएको छ । तर आयोजकले जापानी खेल प्रेमीलाई प्रतियोगितामा प्रत्यक्ष सहभागी हुन दिने वा नदिने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरेको छैन । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु