राष्ट्र बैंकद्वारा मौद्रिक नीतिका लागि सुझाव माग

२०७८ असार ४ गते, शुक्रबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै आगामी आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमा सरोकारवाला निकायहरुसँग राय सुझाव मागेको छ । बैंकले इमेलमामार्फत सुझाव दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो । विगतका वर्षहरुमा जस्तै साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारीसँगै सुझाव संकलन सुुरू गरेको राष्ट्र बैंकले जनाएको छ ।
सम्बद्ध बैंक तथा वित्तीय संस्थाका संघसंगठन, व्यावसायिक संघसंगठनलगायत सबै सरोकारवालाले असार मसान्तसम्म लिखित सुझाव पेश गर्नुपर्नेछ । अन्य संस्थाबाट पनि सुझाव संकलन गर्न केन्द्रीय बैंकले सूचनामार्फत जानकारी दिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु