सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ : ओली र देउवा दुवैले विश्वासको मत प्राप्त गर्नसक्ने ठोस आधार देखिएन(पूर्णपाठसहित )

२०७८ असार ४ गते, शुक्रबार


काठमाडौं । राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत् सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ पठाएको छ । जवाफमा राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्री पदमा दाबी पेश गरेका केपी शर्मा ओली र शेर बहादुर देउवा दुवैले संसदबाट विश्वासको मत पाउने आधार नदेखिएकोले प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको बताएको छ ।
त्यस्तै जवाफमा दाबीकर्ता ओली र देउवा दुवै जनाको समर्थनकर्ता भनिएका सदस्यहरु एक अर्काको दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको समेत देखिएको उल्लेख गरिएको छ । जवाफमा भनिएको छ, ‘दुवै माननीय सदस्यहरुले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले दाबीकर्ता दुवै माननीय सदस्यहरुको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्त गर्न मिल्ने देखिएन ।’
सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ –

https://www.scribd.com/document/512217692/%E0%A4%B8%E0%A4%B0-%E0%A4%B5%E0%A5%8B%E0%A4%9A-%E0%A4%9A%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B0%E0%A4%BE%E0%A4%B7-%E0%A4%9F-%E0%A4%B0%E0%A4%AA%E0%A4%A4%E0%A4%BF-%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF%E0%A4%95%E0%A5%8B-%E0%A4%9C%E0%A4%B5%E0%A4%BE%E0%A4%AB-%E0%A4%93%E0%A4%B2%E0%A5%80-%E0%A4%B0-%E0%A4%A6%E0%A5%87%E0%A4%89%E0%A4%B5%E0%A4%BE-%E0%A4%A6%E0%A5%81%E0%A4%B5%E0%A5%88%E0%A4%B2%E0%A5%87-%E0%A4%B5%E0%A4%BF%E0%A4%B6-%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A4%A4-%E0%A4%AA-%E0%A4%B0%E0%A4%BE%E0%A4%AA-%E0%A4%A4-%E0%A4%97%E0%A4%B0-%E0%A4%A8%E0%A4%B8%E0%A4%95-%E0%A4%A8%E0%A5%87-%E0%A4%A0%E0%A5%8B%E0%A4%B8-%E0%A4%86%E0%A4%A7%E0%A4%BE%E0%A4%B0-%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BF%E0%A4%8F%E0%A4%A8

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु