काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

२०७८ असार ३ गते, बिहीबार


काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्दैछ । बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने नेताहरूले बताएका छन् । यस अघिको बैठकले भदौ १६ देखि अधिवेशन गर्ने गरी प्रस्ताव प्रस्तावबारे अन्तिम निर्णय गर्नका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
कांग्रेसले कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणका काममा ढिलाइ हुँदा पूर्वनिर्धारित कार्यतालिका केही हेरफेर गरी महाधिवेशन गर्ने जनाएको छ । कोरोना महामारी कायमै रहेकोले महाधिवेशन कसरी गर्ने भन्नेबारे पनि आज बैठकमा छलफल हुने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु