रत्ननगर नगरपालिकामा विकृति र विसङ्गती रोक्न माग

२०७८ असार ३ गते, बिहीबार


काठमाडौं । चितवनको रत्ननगर नगरपालिकाले आफूखुसी तरिकाले काम गरेको र विभिन्न खालका विकृति विसङ्गती गरेका कारण आम जनतामा निराशा उत्पन्न भएको भन्दै चार राजनैतिक दलले नगरप्रमुखको ध्यानाकर्षण गराएका छन् । रत्ननगर नगरपालिकाका चार राजनैतिक दलहरू नेपाल कम्युनिस्ट पार्टीका अर्जुन ढकाल, देजमोका मोदनाथ मरहठ्ठा, नेकपा (माले) का रामहरी लम्साल र राष्ट्रिय जनमोर्चाका नारायण दाहालले नागरपालिका भित्र भएका विभिन्न खालका समस्याहरूलाई लिएर ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले बुझाएको ज्ञापनपत्रमा नगरपालिका भित्र लक्षित समूहका लागि दिने भनिएको खोप, विभिन्न ठाउँमा हुने नियुक्तिहरूदेखि बिभिन्न खालका योजनाहरूमा पहुँचवालाहरूको चलखेल र मनमरी भएको भन्दै ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार