चीनसँग ४० लाख डोज खोप किन्ने तयारी

२०७८ असार ३ गते, बिहीबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना विरुद्ध खोप खरिद गर्ने तयारी थालेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन सहमति दिएपछि मन्त्रालयले यसको तयारी थालेको हो । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो । त्यही कारण स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन सकेको थिएन । तर अरु कम्पनीसँग खरिद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्तावअनुसार अघि बढ्न सरकार सहमत भएको हो । खरिद गर्ने खोपको पहिलो लट जुन महिनाभित्रै आउने बुझिएको छ । हिजो बसेको कोभिड–१९ निर्देशक समितिको बैठकमा प्रधानमन्त्री केपी ओलीले कोभिड नियन्त्रणका लागि खोप अनिवार्य भएको भन्दै ४० लाख डोज ल्याउन गृहकार्य भइरहेको बताएका थिए । अरु देशसँग पनि खोप खरिदका लागि प्रयास भइरहेको भन्दै उनले आगामी साउनबाट सर्वसाधारण नागरिकहरुलाई खोप लगाउन थालिने जानकारी दिए ।

प्रतिक्रियाहरु