केही प्रदेशमा भीषण वर्षाको सम्भावना !

२०७८ असार १ गते, मंगलवार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभरि मनसुनी वायुको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भीषण वर्षा हुने जनाएको छ। महाशाखाका अनुसार मंगलबार प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। त्यस क्षेत्रमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। मंगलबार बिहान देशभर सामान्यको मौसम बदली रहेको छ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भईरहेको छ। प्रदेश २ को थोरै स्थानमा चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो पनि देशभर मौसम बदली रहनेछ। अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ।
मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार