चीनद्वारा सूचना प्रबिधि क्षेत्रमा २.२१ ट्रिलियन युआनभन्दा बढी खर्च

२०७८ जेष्ठ ३१ गते, सोमबार


काठमाडौँ । सूचना प्रविधि {आईटी } क्षेत्रमा चीनको खर्च वर्षको १० प्रतिशतले बढेर २०२१ मा २.२१ ट्रिलियन युआन (करिब तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर) पुगेको चीनद्वारा जारी औद्योगिक रिपोर्टमा बताइएको छ । कोभिड–१९ को महामारीको प्रकोपले इन्टरनेट क्षेत्रमा खर्च बढेको रिपोर्टमा बताइएको छ । चीनले टेलि–मेडिकेयर र टेलि शिक्षाको विकासलाई बढावा दिँदै गएको ग्लोबल मार्केट रिसर्च फर्म इन्टरनेसनल डाटा कर्पोरेशन (आईडीसी) ले जनाएको छ ।
चिनियाँ सरकारले यस वर्ष आफ्नो १४ औं पञ्चवर्षीय योजना कार्यान्वयन गर्न शुरू गरेको छ । चीनले आगामी वर्षहरूमा प्रबिधि बिकासको खर्चलार्ई बृद्धि गर्ने आईडीसीले जनाएको छ । तथ्याङ्क अनुसार झेजियांग, जियाङ्सु र आन्हुई र शाङ्घाई नगरपालिका प्रान्तहरूमा रहेको याङ्जे नदी डेल्टा क्षेत्रले २०२१ मा आईटीका लागि ५१८ अर्बभन्दा बढी खर्च पु-याएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार