खोल ! बदलावको विद्रोह

नारायण शर्मा २०७८ जेष्ठ ३१ गते, सोमबार


वर्तमानका
विशिष्ट विरुद्ध, अशिष्ट विरुद्ध र निकृष्ट विरुद्ध !
कथित
व्यक्तित्व विरुद्ध, नेतृत्व विरुद्ध र अस्तित्व विरुद्ध !!
व्याप्त विकृती विरुद्ध, विसंगती विरुद्ध र विकराल परिस्थिति विरुद्ध !!!
आजको
विधि विरुद्ध, विधान विरुद्ध र व्यवस्था विरुद्ध !!!!
अनि
दास, दलाल र दम्भी चिन्तन, चरित्र र चम्चा विरुद्ध !!!!!

खोल !
बुद्धिको बिर्को खोल,
बल खोल र विवेक खोल!
दिमागको पत्र खोल, दिल खोल र दृष्टि खोल!!
कानको गुजी खोल, नाक खोल र हातखुट्टा खोल !!!
अनि
ज्वालामुखीको विष्फोट, बर्खाको बाढी र बदलावको विद्रोह खोल !!!!

खोल ! ज्वालामुखीको विष्फोट खोल !
खोल ! बर्खाको बाढी खोल !!
खोल ! बदलावको विद्रोह खोल !!!
खोल ! खोल !! बदलावको विद्रोह खोल !!!!

प्रतिक्रियाहरु