मेलम्चीको पानी करिब दुई महिना नआउने : खानेपानी वितरणको तालिकामा फेरबदल

२०७८ जेष्ठ ३१ गते, सोमबार


काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले काठमाडौं उपत्यकामा करिब दुई महिना मेलम्चीको पानी नआउने बताएको छ । मेलम्चीको सुरूङ खाली गर्ने तथा मर्मत संहारका कारण नियमित आउँदै गरेको दैनिक १७ करोड लिटर पानी नआउने भएको हाे । उपत्यकामा पानी नआउने भएपछि खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरबदल गरेको छ । मेलम्चीकाे सुरूङ खाली गर्ने तथा मर्मत संहारको लागि २ महिना लाग्ने समितिले जनाएकाे छ । जसअनुसार खानेपानीको तालिका फेरबदल गरेकाे खानेपानी लिमिटेड केयूकेएलले जनाएकाे छ । केयूकेएलकाअनुसार फेरबदल भएकाे तालिका मेलम्चीको मर्मत नसकिएसम्मको लागि हुनेछ ।
केयूकेएलले सोमबार जारी गरेको विज्ञप्ति जारी गरेर थोरैमा ४ दिनमा एकपटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिने जनाएकाे छ ।


नयाँ तालिकाअनुसार महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण गरिनेछ भने बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ भने सबै ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर आउनेछ । केयुकेएलकाअनुसार सबैभन्दा कम भक्तपुर स्टेसन भएर वितरण हुने पानी भने ४ दिन बिराएर दिइनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार