युरोकप फुटबल : आज तीन खेल हुँदै

२०७८ जेष्ठ ३० गते, आईतवार


काठमाडौं । युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । समूह ‘ए’ को दोस्रो खेलमा आज साँझ वेल्सले स्विट्जरल्याण्डको सामना गर्नेछ । यसैगरी आजै समूह ‘बि’ का खेलमा बेल्जियम र रुस तथा डेनमार्क र फिनल्याण्ड भिड्नेछन् । हिजो सुरु भएको प्रतियोगिताको उद्घाट खेलमा टर्कीलाई ३–० ले हराउँदै इटालीले शानदार सरुवात गरेको छ । इटालीको रोममा गएराति भएको खेलमा घरेलु टोलीका लागि सिरो इमोबिल र लोरेन्जो इन्सीग्नेले एक एक गोल गरे । थप एक गोल टर्कीका मेरिह डिमाइरलबाट आत्माघाति स्वरुप भएको थियो । जितसँगै इटालीले आफ्नो अपराजित यात्रालाई २८ खेलसम्म लम्ब्याएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु