अखिल (क्रान्तिकारी) द्वारा कालिकोटको माल्कोटमा स्वास्थ्य शिबिर संचालन

२०७८ जेष्ठ २७ गते, बिहीबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) केन्द्रिय समितको टोली कोरोना महामारीवाट आतंकित जनताको सेवाको लागि कालिकोट पुगेको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि क को नेतृत्वमा स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीसहितको टोली कालिकोटको माल्कोट पुगेर स्वास्थ्य शिबिर संचालन गरिरहेको समाचार प्राप्त भएको छ। उक्त शिविरमा आज ३७ जनाको एन्टिजिन परिक्षण गर्दा ७ जनामा कोरोना पोजेटिभ देखिएको बताइएको छ। शिविरमा १५० जना भन्दा बढी कोरोनाका लक्षण भएका विरामीहरूलाई अक्सिजन सहितको उपचार र औषधिको व्यवस्था गरिएको बताइएको छ ।
कोरोना महामारीवाट आतंकित जनताको सेवाको लागि कालिकोटको माल्कोट पुगेको सो टोलीले सयौ जना बिभिन्न प्रकारका रोगीहरुलाई औषधिसमेत बितरण गरेको बताइएको छ ।
शिविर भोलि पनि जारी रहने बताइएको छ।

प्रतिक्रियाहरु