मन्त्रिपरिषद पुनर्गठनः सात मन्त्री र एक राज्यमन्त्री थपिए

२०७८ जेष्ठ २७ गते, बिहीबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । २५ सदस्यीय मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री , १८ मन्त्री र तीन राज्यमन्त्री भएका छन । आजको मन्त्रिपरिषद पुनर्गठनमा सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् ।
प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् भने नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् ।
यसैगरी , प्रधानमन्त्री ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री बनाएका छन्भने गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । यस्तै मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् ।
यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् भने एमालेकी आशा विक वनराज्यमन्त्री बनेकी छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु