नेकपाद्वारा मुसहर बस्तीमा राहत वितरण

२०७८ जेष्ठ २७ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले भरतपुर महानगरपालिका वडा नं.२७ स्थित मुसहर बस्तीका १२ घरपरिवारलाई दाल, चामल, नुन, तेल, भुजाजस्ता अत्यावश्यक खाद्य वस्तुहरू सहयोग स्वरुप राहत वितरण गरेको छ । सो कार्यक्रममा नेकपा चितवन जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटाले सरकारले कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्नको निम्ति गरेको लकडाउनका कारण दैनिकी मजदुरी गरेर जीवीकोपार्जन गर्ने मजदुर, किसान, सुकुमबासीलगायत जनसमुदायमा परेको समस्यालाई केही हदसम्म भएपनि राहत पुग्न सक्ने विश्वाससहित आफूहरुले निकै नै अप्ठ्यारोमा परेका घरपरिवारलाई सहयोग स्वरुप राहत वितरण गरेको बताए । उनले जनता रोगले भन्दा पनि भोगले मर्न सक्ने अवस्था सिर्जना नहोस् भन्ने हेतुले सम्पूणर् पार्टीपङ्क्तिलाई समेत राहत वितरणमा लाग्न आग्रह गरे ।
भरतपुर महानगरपालिका वाड नं.१६ को आयोजनामा गरिएको राहत वितरण कार्यक्रमको अध्यक्षता भरतपुर महानगर वडा न.१६ का इन्चार्ज रुम्बाले गरेका थिए भने जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटा र अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईको विशेष उपस्थिति रहेको थियो । उक्त राहत वितरण कार्यक्रमको सञ्चालन पुरन राईले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार