आज खण्डग्रास सूर्यग्रहण

२०७८ जेष्ठ २७ गते, बिहीबार


काठमाडौँ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आज यस वर्ष (२०७८) को पहिलो सूर्य ग्रहण लाग्दैछ । तर आज परेको खण्डग्रास सूर्यग्रहण नेपालबाट भने देखिने छैन । उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, बेलायत, युरोपेली देशहरु र प्यासिफिक क्षेत्रबाट सूर्य ग्रहण देखिने छ । तर नेपालबाट भने यसको कुनै पनि अंश नदेखिने हुनाले असर पनि नहुने र बार्नु नपर्ने समितिले जनाएको छ ।
ग्रहण नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटमा सुरु भएर साँझ ६ बजेर ५६ मिनेटमा अन्त्य हुनेछ । ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिने बताइएको छ । यसलाई पश्चिममा ‘रिङ अफ फायर’ वा आगोको घेरा भन्ने गर्छन् । सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा यस्ताे कुण्डलाकार सौर्यग्रहण लाग्ने गर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार