नेकपाद्वारा सुकुमबासी बस्तीमा राहत बितरण

२०७८ जेष्ठ २७ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सुकुमबासी बस्तीमा राहत बितरण गरेको छ । सो पार्टीले कास्कीको पोखरा ३३ देउराली बस्तिकाे बसी खोलामा गिट्टी, बालुवा निकाली छाक टार्ने गरेका तर अहिले लकडाउनका कारण काम गर्नबाट बन्चित भएर समस्यामा परेका मजदुरहरुलाई राहत स्वरुप नेकपाले दाल, चामल, नुन, तेल, साबुन, मास्क जस्ता अत्यावश्यक खाध्य बस्तुहरु बितरण गरेको हो ।

सरकारले कोभिडको नयाँ भेरीयन्टको कारण देखाउदै गरेको बन्दाबन्दीको कारण दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुरहरु माथि परेको समस्यालाई केही हदसम्म भएपनि राहत हुने भन्दै राहत बितरणमा लागेकाे नेकपा कास्कीले बताएको छ । आँफुहरुले आज सम्म सय भन्दा बढि घर परिवारलाई राहत बितरण गरिसकेको जिल्ला सेक्रेटरी गोकुल पराजुली बताए । यस्तै नेकपा कास्कीले स्थानिय सरकारलाई बारम्बार सचेत गराउदा पनि नागरिकका सामान्य खालका समस्याहरुको समाधान नगरेको हुँदा आफुहरुले समस्यामा परेका जनताहरुलाई राहत दिईरहेको गोकुलले बताए । यस्तै समस्यामा परेका किसान, मजदुर, सुकुम्बासीहरुलाई आफुहरुले निरन्तर राहत बितरणको काम गर्ने बताउँदै उनले अब सुकुम्बासी र समस्यारत दृस्टीबिहिन परिवारलाई पनि राहत बितरण गरीने जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु