व्यवस्था

रमेश रावत 'विक्रान्त' २०७८ जेष्ठ २७ गते, बिहीबार

व्यवस्थाले माग्ने बनायो
दिनौ दिन चिन्ता लाग्ने बनायो ।
देश संकटमा छ-व्यवस्थाले गर्दा
अशान्ति छायो-व्यवस्थाले गर्दा
भ्रष्टाचार बढ्यो-व्यवस्थाले गर्दा
बलात्कार बढ्यो-व्यवस्थाले गर्दा
सबै आपत्ति विपत्ति खेप्नु परेको छ
दलाल पुजीवादी संसदीय व्यवस्थाले गर्दा
धनी झन् धनी बन्दै गएको छ ।
दलाल व्यवस्थाले गर्दा ,धनी झन्……।
गरिब झन् गरिब बन्दै गएको छ
दलाल व्यवस्थाले गर्दा ,गरिब झन् ……।
गाँस नपाए भोकै मर्नु परेको
बाँस नपाए तड्किनु परेको
कपास नपाए नाङ्गो हुनुपरेको छ ।
हरेक देशको नागरिकलाई जोस पैदा हुन्छ ।
आफ्नो देश बचाउन बलिदान दिन्छु भन्ने
तर उपचार नपाएर जिबन बचाउन नसक्दा बलिदान दिनुपर्छ ।
दलाल व्यवस्थाले गर्दा
हरेक बालबालिकाको ठुलो इच्छा हुन्छ ।
आफुले चाहेजस्तो उच्च शिक्षा पढ्ने
आफ्नो क्षमता अनुसारको रोजगारी बन्ने
हरियो पासपोर्ट दिएर आकाशमा उडाउछ ।
बाकसमा सुताउछ -दलाल व्यवस्थाले गर्दा
नबुझुकोले बुझ,नसुन्नेले सुन
ए अङ्कुसे जुकाहरु हो सुन
ए उडुसहरु हो सुन
संसदीय घातक जीवाणुले पनि सुन
पुजीवादी चक्र तत्वहरुले पनि सुन
तिम्रा मालिकलाई सुनाउ
तिम्रा छाउराहरुलाई सुनाउ
किन?छिमेकीले धावा बोल्छ।
किन?छिमेकीले सिमाना मिच्छ ।
किन?छिमेकीले हेप्न खोज्छ ।
हाम्रो देश किन? नाजुक छ ।
दलाल व्यवस्थाले गर्दा
खच्चड संसदीय व्यवस्थाले गर्दा
आउ विकल्पको बारेमा बहस गरौ ।
जनजीविकाको हल गर्ने निष्कर्ष निकालौ ।
आउ राष्ट्रिय स्वाधीनताको रक्षा गर्न
आउ नारकीय जिबनबाट मुक्त हुन
आउ दुश्मनलाई गतिलो प्रहार गर्न
समउन्नत व्यवस्थाका लागि
व्यवस्थित शासन व्यवस्था स्थापना गरौ ।
आऊ व्यक्तिगत र सामुहिक समस्या हल गर्न।
बैज्ञानिक समाजवादी व्यवस्थाको झण्डा फरफराउ ।

  • रचनाकार : नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्ला कमिटी “सदस्य” तथा अखिल(क्रान्तिकारी) जुम्लाका संयोजक हुन्।

प्रतिक्रियाहरु