मकवानपुरमा कोरोनाबाट ज्यान गुमाएका नागरिकको सम्झनामा दीप प्रज्वलन

२०७८ जेष्ठ २७ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल, मकवानपुरले कोभिड-१९ बाट ज्यान गुमाएका सम्पुर्ण नागरिकहरुको आत्माको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज इन्द्र बहादुर परियार (नयन) र मकवानपुरका पूर्व जिल्ला इन्चार्ज राम घलान (वाटर) को उपस्थिति रहेको थियो। नयनले कार्यक्रमको सम्बोधन गर्दै हाल कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पुर्ण नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संकटकालिन समयमा नेपाली नागरिकको उचित स्वास्थ्य सुरक्षाको व्यवस्था गरेविना अन्धाधुन्धमा निषेधाज्ञा जारि गर्नुका साथै नागरिकले विनाफोकट भोगिरहेको दुखकष्टको कुनै ख्याल नगरि खालि कुर्सीको लागि हालिमुहालि मात्रै गरिरहने सरकारको चरित्रप्रति असन्तुष्टि व्यक्त गरेका छन्। त्यस्तै हाल देशमा उत्पन्न भएको स्वास्थ्य समस्याको तत्काल समाधान गरि नेपाली नागरिकलाई सुखको अनुभुती दिलाउनुका साथै आम नेपाली किसानलाई आवश्यक सम्पुर्ण कृषि सामग्रीको व्यवस्था गर्न र वर्षातको समयमा भैपरि आउने प्राकृतिक विपत्तिको सामना गर्नका लागि पूर्व तयारिमा जुट्न सरकारसमक्ष अपिल गरेका छन्।

मंगलबार सांझ भएको उक्त कार्यक्रमको सन्चालन युवा संगठन नेपाल, मकवानपुरका अध्यक्ष किरण अर्यालले गरेका थिए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार