ओलीतन्त्र !

नन्दलाल खरेल २०७८ जेष्ठ २६ गते, बुधबार

लोकतन्त्र भन्दा ओलीतन्त्र रप्mतारमा छ
ठाकुर महतो समूहको रजगज छ

निरकुंश शासकहरुमा एउटा समान मनोवृत्ति छ
म जे गर्छु त्यही ठीक हो भन्ने छ

संविधान ऐन नियम अहिले धीमा छ
सत्तामा पुगेपछि अंहकार निरंकुशतामा वदलिएको छ

ओलीतन्त्रको विध्वसं अहिले उत्कर्षमा छ
प्रतिपक्षको सशक्त प्रतिवाद टिठलाग्दो छ

ओलीतन्त्रलाई परास्त गर्न अदालतको भर छ
राजनीतिमा विकल्प दिनेहरु नादन भएको छ

ओलीतन्त्रमा संसद विघटन भई चुनाव घोषणा छ
जनतालाई अक्सिजन र भेन्टिलेटरको रोदन छ

कोभन्दा को कम भन्ने कुण्ठाले मद्येसको एकता भंग छ
यो भंग गराउन पनि ओलीतन्त्रकै हात छ

गिट्टी, वालुवा निकासी गरेर राजस्व वढाउने योजना छ
यस्ता योजना ल्याउन पनि ओलीतन्त्रकै हात छ

प्रतिक्रियाहरु