विश्वकप कप छनोट खेलमा नेपाल जोर्डनसँग पराजित

२०७८ जेष्ठ २५ गते, मंगलवार

काठमाडौं । कुवेतमा भएको विश्वकप तथा एसियन कप छनोटको खेलमा जोर्डनसँग नेपाली राष्ट्रिय फुटबल टोली ३–० ले पराजित भएको छ। उक्त एकपक्षीय खेलमा जोर्डनले खेलको २४ औ मिनेटमा सुरुवाती अग्रता बनाएको थियो। नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो। जसलाई फैजलले सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफमा १–० ले पछि परेको टोलीले दोश्रो हाफमा थप २ गोल व्यर्होन पुग्यो। ४९ औ मिनेटमा फैजलले अग्रता दोब्बर बनाए।
नेपाली डिफेन्डर अनन्त तामाङले जोर्डनी खेलाडीलाई फाउल गरेपछि पाएको फ्रिकिक गोलरक्षक किरणलाई बिट गर्दै गोल भएको थियो। ६८ औं मिनेटमा जोर्डनले ३–० को अग्रता लियो। दायाँ विंगबाट आएको क्रसलाई याजान अलअरबले सहजै हेडरमार्फत गोल गरेका थिए। यस जितसँगै जोर्डनको ६ खेलमा १३ अंक जोडदै दोश्रो स्थानमा उक्लिएको छ। समान खेलमा १० अंक सहित कुवेत तेस्रो स्थानमा छ। आज हुने अर्को खेलमा ५ खेलमा १५ अंकसहित शीर्षस्थानमा रहेको अष्ट्रेलियाले अंकविहिन चाइनिज ताइपेइसँग खेल्नेछ। नेपाल ६ अंकसहित चौथो स्थानमा नै छ।

नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने हो भने कम्तिमा अष्ट्रेलिया विरुद्ध जित निकाल्दै समुहका अन्य टोलीको नतिजा पर्खनुपर्ने हुन्छ। हार बेहोरे पनि नेपालले प्लेअफको बाटोबाट एसियन कप छनोटमा स्थान बनाउन भने सक्नेछ।

नेपालले अब अर्को खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार रातको ९ः४५ सुरु हुनेछ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु