३ वर्षमाथिका बालबालिकालाई कोरोना खोप लगाउन अनुमति !

२०७८ जेष्ठ २५ गते, मंगलवार

काठमाडौं । चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकका अनुसार चीनको स्वास्थ्य विभागले तीन वर्षमाथिका बालबालिकामा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ । कोरोनाको तेस्रो लहरले बालबालिका सबैभन्दा धेरै जोखिममा पर्ने प्रक्षेपण भइरहेका बेला चीनले गरेको यो निर्णयले केही आशाको सञ्चार गराएको छ । अहिलेसम्म प्रयोगमा रहेका १५ वटा खोपहरु सबैजसो १८ वर्षभन्दा माथिका वयस्कका लागि लगाइएको थियो । केही मुलुकहरुले १३ वर्षदेखि १८ वर्षसम्मका लागि खोप लगाउन अनुमति दिए पनि यति कम उमेरका बालबालिकामा खोप लगाउन अनुमति दिने चीन पहिलो मुलुक हो । अहिलेसम्म बालबालिकामा खोपको साइड इफेक्टका बारेमा कम अनुसन्धान भएका छन् । सिनोभ्याकका सीइओ यिन एइदोङले सीसीटीभीसँग भनेका छन्, ‘हामीले ३ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा गरेको दुई चरणको परीक्षणमा यो खोप १८ वर्षमाथिकालाई जत्तिकै प्रभावकारी देखिएको छ ।’
चीन सरकारले कहिलेदेखि बालबालिकालाई खोप लगाउन सुरु गर्छ भन्ने यकिन भइनसकेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । अहिले चीनले देशभरी नै खोप अभियान चलाइरहेको जहाँ १८ वर्षमाथिका नागरिकलाई खोप लगाइँदै छ । हरेक दिन १ करोड ४० लाख नागरिकलाई खोप लगाइरहेको चीनले यो महिनाको अत्यसम्म ५६ करोड मानिसलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । चीनमा बालबालिकालाई लगाउन अनुमति दिइएको सिनोभ्याकको खोपलाई गत हप्तामात्र विश्व स्वास्थ्य संगठनले आपतकालीन अनुमति दिएको थियो । यस्तै नेपालले पनि गत शुक्रबार मात्रै सिनोभ्याकको खोपलाई नेपालमा व्यवसायिक आयात र प्रयोगका लागि अनुमति दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार