फाइजरको खोप बालबालिकालाई लगाउन अनुमति

२०७८ जेष्ठ २२ गते, शनिबार

काठमाडौं । वेलायतको औषधि तथा स्वास्थ्य सेवा नियामक एजेन्सी एमएचआरएले फाइजरको खोप १२ देखि १५ वर्ष उमेरका बालबालिका लगाउन अनुमति दिएको छ । यो खोपलाई यसअघि युरोपेली औषधि नियामक एजेन्सी ईएमए र अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले केही दिनअघि मात्रै बालबालिकामा प्रयोगको अनुमति दिएका थिए। वेलायतको एमएचआरएकी कार्यकारी प्रमुख डा.जुन राइनले बालबालिकामा होसियारीपूर्वक गरिएको क्लिनिकल ट्रायल प्रभावकारी भएपछि फाइजर बायोएनटेकको खोप १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति प्रदान गरिएको बताए। उनले यो खोप यो उमेर समूहका बालबालिकामा प्रभावकारी र सुरक्षित रहेको बताए । कार्यकारी प्रमुख राइनले बालबालिकालाई यो खोपपछि कोरोना संक्रमणको जोखिम अत्यन्त न्यून हुनेसमेत बताएका छन्।
वेलायतले हालसम्म ६ करोड २० लाख बढी नागरिकलाई कम्तीमा पहिलो डोज खोप दिइसकेको छ। वेलायतमा गत वर्षको डिसेम्बरदेखि नै अस्ट्राजेनिका र फाइजर बायोएनटेकको खोप लगाइराखिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार