विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाइदै

२०७८ जेष्ठ १९ गते, बुधबार


काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले एकदिवसीय विश्वकपमा सहभागि संख्या बढाउने निर्णय गरेको छ । यो निर्णयसंगै
सन् २०२४ देखि २०३१ सम्मको आइसीसी क्रिकेट विश्वकपमा टीम संख्या बढ्ने भएको छ । अब एकदिवसीय विश्वकपमा १४ र टी–ट्वान्टी विश्वकपमा २० टिम सहभागी हुने छन् । सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
पछिल्लो समय प्रतिस्पर्धात्मक बनाउन विश्वकपमा १० टिमलाई मात्र सहभागि गराइएको थियो । सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा पनि १० टिमले मात्र खेल्ने तय गरिएको छ । २०२४ देखि टी–ट्वान्टी विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आइसीसीले सन् २०२४, २०२६, २०२८ र २०३० को टी–ट्वान्टी विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यस्तै ८ टिम सहभागि हुने च्याम्पियन्स ट्रफी २०२५ र २०२९ मा हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु