अमेरिकी गायक माइक पोस्नरद्वारा सगरमाथा आरोहण

२०७८ जेष्ठ १८ गते, मंगलवार


काठमाडौं। अमेरिकी प्रख्यात गायक माइक पोस्नरले विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएका छन्। पोस्नरले मंगलबार विहान ४ बजेर ४५ मिनेटमा सगरमाथामा पाइला टेकेको बताइएको छ । गायक पोस्नर सगरमाथा आरोहणका लागि ७ अप्रिलमा नेपाल आइपुगेका थिए। सामाजिक सञ्जालमार्फत उनले सगरमाथा आरोहणका लागि नेपाल पुगेको खुलासा गरेका थिए। नेपाल पुगेर आफू अत्यन्त खशी भएको पनि उनले उल्लेख गरेका छन्।
२२ वर्षको उमेरमा ३१ मिनट्स टु टेकअफ नामक एल्बम निकालेर चर्चित बनेका माइकको त्यही एल्बम भित्रको कुलर देन मी गीत युएस बिलवोर्डको टप टेनभित्र पर्न सफल भएको थियो। सन् २०१५ मा रिलिज भएको आइ टुक अ पिल इन इविजा शिर्षकको उनको गीत २७ देशमा टप टेनभित्र पर्न सफल भएको थियो। यही गीत अमेरिकाको विलवोर्ड हट १०० को टप ५ भित्र परेको थियो।

प्रतिक्रियाहरु