प्यालेस्टाइनी इतिहास र नेपालले सिक्नुपर्ने पाठ

२०७८ जेष्ठ १६ गते, आईतवार
दयाराम लुवार

विश्वका सबै प्राचीन धर्ममध्ये एक यहुदी पनि हो । यो धर्मको इतिहास आजभन्दा करिब तीन हजार वर्ष पुरनो मानिन्छ । यहुदी धर्मको सुरुवात जेरुसेलेम सहरबाट भएको मानिन्छ । जुन अहिले इजरायलको राजधानीका रुपमा रहेको छ । जेरुसेलेम सहरमा यहुदी, इसाइ, इस्लाम धर्मका पवित्र धार्मिकस्थल रहेका छन् । यहुदी धर्मको सुरुवात पैगम्बर अब्राहमले गरेको मानिन्छ । पैगम्बर अब्राहमलाई इसाइ, स्लाम, र यहुदीका मानिसहरु ईश्वरको दूतका रुपमा लिन्छन् । पछि यहुदी धर्मबाट नै इसाइ र स्लाम धर्म बनेको मानिन्छ । पैगम्बर अब्राहमका छोरा आइजेक नाति याकुब ( ज्याकव) अर्को नाम इजराइल थियो । याकुवका बार छोरा र एक छोरी थिइन् । बार छोराले आ–आफ्नो अलग यहुदी परियार बनाएर बसेपछि याकुवले यी बार यहुदी परियारलाई मिलाएर एक नयाँ राज्य बनाए । याकुवको यक छोराको नाम यहुदा थियो । जसका कारण उनको परियारलाई यहुदी बनाए अनि बोल्ने भासा हिब्रु, धर्मग्रन्थ तनक बनाइयो । आजभन्दा करिब बाइस सय वर्ष पहिले जेरुसेलेममा यहुदी राज्य अस्तित्वमा आएको थियो, जसमा साउल, इस्वाल, डेबिड, सोलोमनजस्ता प्रसिद्ध राजा भए । सोलोमन पछि राज्यको बिस्तारै पतन हुन लाग्यो । संयुक्त इजराइल दुई भागमा विभाजन भएर इजरायल र जुहाद हुन पुगे त्यस पछि ऐश्वर्या साम्राज्यले जेरुसेलम सहरमा हमला ग¥यो, हमला पछि यहुदीका बार परियार तितरबितर हुन पुगे । इसापूर्व ७२ मा रोमन साम्राज्यको हमला पछि सबै यहुदी दुनियाँभरि छरिएर बसे । हमलामा यहुदीको किङ डेबिट मन्दिरलाई पनि ध्वस्त बनाइयो । जुन हमलाबाट मन्दिरको एउटा पर्खाल मात्रै बचेको थियो जो आज पनि यहुदीहरुका लागि सबैभन्दा पबित्र तीर्थस्थल मानिन्छ । जसलाई अहिले ध्भकतभचल धबिि भनेर चिनिन्छ । यो हमलाको घटनालाई भ्हयमगक भनिन्छ । यो घटना यहुदीहरुका लागि दुःखको घटना थियो । जहाँ इसामसिलाइ सुलिमा झुन्ड्याइएको थियो । यस घटना पछि सबै यहुदी परियार तितरबितर भएपछि त्यहाँ एउटा नयाँ शब्द प्रचलनमा आयो ब्लतष्– क्झष्तष्कm यहुदीप्रति दूरभावना ।

दुनियाँमा यहुदीका लागि एउटा भ्रम फैलियो यहुदी कसैलाइ पनि धोका दिनसक्छ । भ्हयमभक घटनापछि धेरैजसो यहुदी युरोप र अमेरिकामा बसे । ब्लतष् – क्झष्तष्कm पछि कैयौँ देशहरुमा यहुदीलाई आफ्नो पहिचान सार्वजनिक गर्नु पथ्र्यो, युरोपेली सेनामा लड्ने यहुदीलाई आफ्नो बर्दिमा एउटा तारा लगाउनुपथ्र्यो जुन ताराको नाम म्बखष्मक क्तबच भनेर चिनिन्थ्यो । यो ताराबाट पहिचान खुल्थ्यो । यदि कसैले आफ्नो पहिचान लुकाएमा, गलत कुरा गरेमा चरम सजायको प्रावधान गरिएको थियो । यो सिलसिला थियोडोल हर्जलको जमानामासम्म चल्यो । थियोडोल हर्जलको मान्यता इजरायलमा अतिनै थियो । त्यसबेला उनी भियनामा सामाजिक कार्य गर्दथे । ब्लतष् – क्झष्तष्कm पछि यिनीले भियना छोड्नु प¥यो, त्यसपछि उनी फ्रान्स गए । त्यहाँ पत्रकारिता गर्न थाले । सन् १८९० को दशकमा फ्रान्सले रुससँगको युद्धमा हा¥यो । फ्रान्सको हारको जिम्मेवारी एक यहुदी अधिकृत अल्फड रेफसलार्ई लगाइयो थियोडोल हर्जलले यसबारे पत्रिकामा एक लेख पनि लेखे । ब्लतष् – क्झष्तष्कm को पश्चात थियोडोल हर्जलले एउटा योजना बनाए जुन सबै यहुदीहरुलाई एक बनाएर एउटा नयाँ देश निर्माणको परिकल्पना गरे । सन् १८९७ मा स्वीट्जरल्याण्डमा वल्र्ड जायोनिस्ट कँग्रेस नामको एक संस्था खोले । जायोनिस्टको अर्थ हिब्रु भासामा स्वर्ग भनिन्छ । त्यसपछि वल्र्ड जायोनिस्टलाई विश्वभरिका यहुदीद्वारा सहयोग मिल्न थाल्यो । प्रत्येक साल एक बार्सिक सम्मेलन हुन्थ्यो । सन् १९०४ मा थियोडोल हर्जलको मुटुको बिरामीका कारण मृत्यु भयो । त्यतिखेरसम्म वल्र्ड जायोनिस्टको प्रभाव विश्वभरिका यहुदीहरुसम्म पुगिसकेको थियो । प्रथम विश्व युद्धभन्दा पहिला आजको जो टर्की छ । त्यसको आसपासका इलाकामा अटोमन साम्राज्य फैलिएको थियो । सन् १९१४ मा विश्व युद्ध सुरु भयो विश्व युद्धको दौरानमा २ नोभेम्बर १९१७ का दिन ब्रिटेन र यहुदीबीच बाल्पुर सम्झौता भयो । जसलाई बालपोर डिक्लेरेसन पनि भनिन्छ ।

यदि ब्रिटेनले युद्धमा अटोमन साम्राज्यलार्ई हराउन सकेमा यहुदीहरुलाई प्यालेस्टाइन इलाकामा एक स्वतन्त्र देश दिइनेछ भनी सम्झौता भयो । वल्र्ड जायोनिस्ट कँग्रेसलाई लाग्यो यदि ब्रिटेनले आफ्नो बाचा पूरा गरेमा फिलिस्तिनमा बाक्लो आवादी हुनुपर्छ । किनकि दुनियाँभरिका यहुदी आफ्नो देशमा फर्किनेछन् । ब्रिटेनले युद्ध पनि जित्यो । ब्रिटेनले अन्य कारण देखाउदै बालपुर सम्झौको लागू गर्न आनाकानी गर्न थाल्यो । त्यसपछि दोश्रो विश्व युद्ध सुरु भयो । तर, दोश्रो विश्व युद्धले यहुदी इतिहास सदाका लागि बद्लेर राखिदियो । त्यस समयमा जर्मनका मुखिया यडोल्फ हिटलरले ब्लतष् – क्झष्तष्कm को सबैभन्दा क्रुर रुप देखाए । करिब साठी लाख यहुदीको योजनाबद्ध हत्या गरियो । जर्मन र आसपासमा क्याम्प लगाएर यहुदीहरुलाई मारिएको थियो । विश्व युद्ध अन्त्य भएपछि विश्वभरि कुरा फैलियो । यहुदीहरुसँग यस्तो भयो पूरै दुनियाँको सभ्यता यहुदीसँग जोडियो । यसै कारण सन् १९४७ मा संयुक्त राष्ट्रसंघले फिलिस्तिनको दुई हिस्सा गर्दै यहुदी र मुस्लिमलाई दिनुपर्ने भन्दै जेरुसेलमलार्ई एक अन्तर्रास्ट्रिय सहरका रुपमा रहने घोषणा ग¥यो । यही जेरुसेलेम अहिले इजराइलको राजधानी छ । जेरुसेलेममा यहुदी, मुस्लिम र इसाइ धर्मका धर्मस्थल थिय । यहुदीहरुलाई यो योजना मन प¥यो तर मुस्लिम यसका लागि तयार भएनन् । कुनै समयमा त्यो सबै फिलिस्तिन जुन ब्रिटेनको कोलोनी थियो । सन् १९४७ मा फिलिस्तिनलाई पनि स्वतन्त्र घोषणा ग¥यो । तर, ब्रिटेनको निर्देशनमा सम्पूर्ण भाग यहुदीलाई दिइयो । फिलिस्तिन चारैतर्फबाट अरब, जोर्डन, सिरिया, मिश्र जस्ता देशबाट घेरिएको थियो । सबै देशहरुले मुस्लिम अन्यायमा परेको र कहिले पनि मुस्लिमले यहुदी जनताप्रति अत्याचार नगरेको भने । यहुदीप्रति भएको अत्याचारका लागि युरोपेली देश र इसाइ जिम्मेवार रहेको जनाए । यस्तो परिस्थितिमा यदि यहुदीलाई अर्को देश दिनुछ भने युरोपमा दिनुपर्छ । अरबमा यसै विवादबाट सुरु भयो इजराइल र फिलिस्तिन विवाद जो अहिलेसम्म जारी छ । इजरायल १९४७ मा देश बन्यो । बीसका केही देशहरुले मान्यता पनि दिए तर फिलिस्तिन आजसम्म पनि कुनै देश बन्न सकेको छैन । इजरायलले फिलिस्तिनी संगठन र अरब देशहरुसँग कैयौँ लडाइँ लडेको छ । इजरायलले सैन्य युद्धमा अरब देशहरुसँग कहिले पनि हारेको छैन । इजरायल र अरब देशहरुबीच भएका लडाइँमा इजरायलले फिलिस्तिनको धेरै भूभाग हडपेको छ ।

सन् १९४६ सम्म सम्पूर्ण भूभाग फिलिस्तिनिको थियो । सन् १९६७ मा छ दिनको युद्धले इजरायलले सात अरब देशहरुलाई हराइदिउपछि फिलिस्तिनको धेरै भूभाग आफ्नो भूभागमा गाभ्यो । विभिन्न समयका युद्धमा जित्दै अहिले पूरै प्यालेस्टाइनको भूभाग कब्जा गरिसकेको छ । जेरुसेलमलार्ई कब्जामा लिएर आफ्नो राजधानी घोषणा गरिसकेको छ । जसलाई अमेरिकाजस्ता केही राष्ट्रहरुले मान्यता दिएर आफ्नो राजदूतावाससमेत खोलिसकेका छन् । अहिले गाजा र पश्चिमी घाटको कुनै हिस्साबाहेक अन्य सबै इजरायलले आफ्नो कब्जामा लिइसकेको छ । इजरायल एक नयाँ देश बनिसके पछि विश्वभरि फैलिएर रहेका यहुदी जनतालाई इजरायलमा नागरिकता दिएर अधिकार दिइयो । जसको परिणाम चार महिनाको बीचमा करिब पचास हजार यहुदी आए । यिनीहरुमध्ये धेरै जो हिट्लरको नाजी यातना शिबिरबाट बचेका थिए । सन् १९५१ को अन्त्यसम्म कुल छ लाख सतासी हाजार जनता इजराइल आए । अरब देशहरुबाट पनि करिब तीन लाख यहुदी शरणार्थी इजरायल आए । यसको फलस्वरूप तीब्र गतिमा बढ्दै गएको जनसंख्या र स्वतन्त्रता संग्रामका कारण देशको अर्थव्यवस्थालार्ई हल्लाएर राखिदियो । यो संकटबाट पार पाउनका लागि इजरायलले विदेशी मद्दतको सहारा लियो । मद्दतका लागि अमेरिकी सरकार खुलेर आयो । अमेरिकी बैंकले ऋण दिन सुरु गरे, प्रवासी यहुदीहरुले दानराशि दिए, जर्मनीले पनि सहयोग ग¥यो । जसको उपयोग इजराइलले नयाँ भवन निर्माण ग¥यो, कृषिमा मेसिनिकिकरण ग¥यो, राष्ट्रिय एअरलाइन्स खडा ग¥यो, उपलब्ध खनिजहरुको भरपुर प्रयोग ग¥यो, उद्योगको विकास गरी सडक, बत्ती एवम् दूरसंचारको नेटवर्क तयार ग¥यो । जसको नतिजा इजराइलले पहिलो दशकको समाप्तिसम्म अर्थात् सन् १९६० सम्म औद्योगिक उत्पादन दुई गुणा बनायो । अहिले विश्वको साम्राज्यवादी शक्ति राष्ट्रको रुपमा परिचित छ ।

अन्त्यमा, नेपाल विश्वमान चित्रमा सानो र अल्पविकसित राष्ट्र हो । जलश्रोतका हिसाबले ब्राजिल पछि विश्वमा दोश्रो धनी राष्ट्र हो । जसको उत्पादन क्षेत्रमा करिब ८३००० (त्रियासी हजार) मेगावाट छ । जलविद्युत मात्रै उत्पादन गरी विदेश निर्यात गर्ने हो भने पनि नेपाल आर्थिक रुपले पूर्ण रुपमा निर्भर हुनसक्छ । तर, हामी आफैँ चरम लोडसेडिङको मार खेपिराखेका छौँ । पर्यटन व्यवसायको प्रचुर सम्भावना छ । देशको मानवीय तथा प्राकृति श्रोतसाधन दोहोन भइरहेकोछ, खेर गइराखेको छ । देश विकासको मेरुदण्ड मानिने युवाजनशक्ति विदेश पलायन भइराखेको छ । देशभित्रका उद्योग, व्यवसाय र बिदेशी बहुराष्ट्रिय कम्पनीबाट तोकिएको कर असुली गर्न नसकेर बिदेशी आर्थिक सहयोग लिने भन्दै एमसीसीजस्तो राष्ट्रघाती सम्झौता गर्न खोज्दैछ । पुँजीको गलत तरिकाले प्रयोग भइराखेको छ । मुलुकमा हत्या, हिंसा, अन्याय, अत्याचारले सीमा नागिसक्यो, नेपालका नेता भनाउँदा सत्ता, कुर्सी र पैसाका लागि अत्यन्त घीनलाग्दा काम गर्दै दिनदिनै राष्ट्रघात गर्न लागिपरेका छन् । देशको हालत अत्यन्तै नाजुक भइसकेको छ । विश्व अहिले आफ्नो मुलुकको विकास गर्दै आर्थिक अवस्थालाई सुधार्न र आ–आफ्नो देशको अस्तित्व रक्षाका लागि सैन्य शक्ति मजबुत बनाउन लागिपरेका छन् । नेपाल भने उही पुरानो र संसदीय फोहोरी खेलबाहेक अरु सोच्न पनि सकेको छैन । पछिल्लो परिस्थितिमा विश्वको साम्राज्यवादी, तानाशाह इजरायलले आफ्नो आर्थिक, सैन्य क्षेमता र विकासको चरम् दुरुपयोग गर्दै संयुक्त राष्ट्रले समेत अन्तर्रास्ट्रिय सहरको रुपमा घोषणा गरेको जेरुसेलेम सहरलाई कब्जामा लिएर राजधानी घोषणा ग¥यो । संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै प्यालेस्टाइनी जनता माथि बर्बर आक्रमण गरेर सोझा जनता मार्दै ऐतिहासिक र पुरातात्विक भवन ध्वस्त पारी प्यालेस्टाइनको इतिहास एवम् नामोनिसाना मेटाउन लागिपरेको छ । यस्तो अन्यायपूर्ण परिस्थितिमा सम्पूर्ण शक्ति राष्ट्रहरु एक ठाउँमा उभिएर तानाशाह र साम्राज्यवादी मुलुकहरुलाई सवक सिकाउनुको सट्टा उल्टै केही स्वार्थ र आर्थिक लाभमा परी हतियार दिएर सहयोग गरिरहेका छन् । विश्वका गरिब र अन्यायमा परेका साना राष्ट्रको रक्षा, न्याय र स्वतन्त्रताका लागि स्थापना भएको संयुक्त राष्ट्र संघ मूकदर्शक भएर बसिराखेको छ । यस्तो स्वार्थ, अर्थ र सैनिकीकरणको जमानामा नेपालले पनि समयमै पाठ सिक्दै मुलुक भित्रका सम्पूर्ण श्रोतसाधनहरुको भरपुर प्रयोग गरी आर्थिक तथा सामजिक बिकास एवम् सैन्य शक्ति सुदृढीकरण गर्दै नेपाली जनाताको इतिहास र स्वाधीनताको रक्षाका लागि अहिले नै पाइला चाल्नु पर्ने देखिन्छ । शक्ति सम्पन्न भई यस्ता इजराइलजस्ता साम्राज्यवादी देशहरुलाई सजिलै जवाफ दिन सकियोस् । यति नेपालको आर्थिक र सैन्य अवस्था सुधार गर्न हामी अक्षम भएमा हामी पनि कुनै साम्राज्यवादी मुलुकको सिकार नहोला भन्न सकिन्न ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु