जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने

२०७८ जेष्ठ १० गते, सोमबार


काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिको भनाइ छ । समितिका अनुसार नदेखिने ग्रहणका विषयमा पात्रो (पञ्चाङ्ग) मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नुपर्दैन अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु