भालु दाई

रमेश रावत 'विक्रान्त ' २०७८ जेष्ठ ९ गते, आईतवार


स्याललाई रङ्गयाएर
बाघ बन्ने भए
गधालाई धोएर
गाई हुने भए
तिमी पनि
मान्छे बनेर
कुरा बुझिहाल्थ्यौ कि ?
भालु दाई !

हो भालु दाई हो
संसार विचित्रको
हुने थियो भालु दाई
उनिउँबाट फुल फुल्ने भए
खच्चडबाट बच्चा जन्मिने भए
खोल ओड्दैमा कम्युनिष्ट हुने भए
संसदीय व्यवस्थाबाट
समाजबाद आउने भए
तिमि मान्छे बनिहाल्थ्यौ कि ?
मान्छेहरुको राजा
बनिहाल्थ्यौ कि ?भालु दाई !

हो भालु दाई हो
मार्क्सवाद जन्मने थिएन
भालु दाई
खै कुरा बुझेरै हो कि ?
काला भालुहरुले
बस्न ,खान नदिएर हो ?
भोका भालुको समुहलाई
पटकपटक विखण्डन
गर्ने आँट गरेका छौ ।
भालु दाई !

एउटा कुरा
कान खुलाएर
सुन भालु दाइ
भोका भालु
काला भालुहरुलाई
सुनाउने गर भालु दाई
संसार बोधगम्य छ ।
संसारलाई बुझ्न सकिन्छ ?
संसारलाई ब्याख्या गर्न सकिन्छ ?
संसारलाई बदल्नपनि सकिन्छ ?
तर तिमी भालुको आलुवादबाट हैन
भालु दाई
आलुवादबाट हैन ।

हो भालु दाई हो
भालुको आलुवादबाट हैन ?
मार्क्सवादबाट बदल्न सकिन्छ ।
मार्क्सवादको विकासक्रमबाट सकिन्छ,बदल्न मात्र हैन ?
रक्षा र विकास गर्न पनि सकिन्छ !
त्यसैले भालु दाई
भोका भालुहरुलाई मात्र हैन ?
खच्चड दलाल संसदीय व्यवस्थालाई नै जरैदेखि भंग गरौ
सबैले चाहेको ,हामीले रोजेको
समाजवाद स्थापना गरौ
भालु दाई

हो भालु दाई हो
बैज्ञानिक समाजवादमा
न तिमीलाई हम्मेहम्मे पर्छ
न कसैलाई कठिन हुन्छ
भोका भालु ,काला भालुको पनि
भविष्य ,नाम र काम बदलिने छ
इतिहासको अर्को चरण सुरु हुनेछ ।
त्यसपछि तिमी भालु दाइ हैन
सिंह बन्न पनि सक्नेछौ ।

प्रतिक्रियाहरु