बिल गेट्सद्वारा माईक्रोसफ्टको बोर्डबाट राजीनामा !

२०७८ जेष्ठ ४ गते, मंगलवार


काठमाडौँ । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले परस्त्रीसँगको अफेयरका कारण माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिएको बताइएको छ । वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार सन् २०१९ मा बिल गेट्सले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिनुको कारण थियो उनको परस्त्रीसँगको अफेयर रहेको उल्खेल छ । २७ वर्षे वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाएका बिल गेट्स र मेलिन्डा गेट्सबीच के कारणले सम्बन्धविच्छेद गरेको भनेर खुलाएका छैनन्। तर यतिबेला उनीहरुले सम्बन्धविच्छेद गर्नुको कारणको छनक दिने रिपोर्ट सार्वजनिक भएको छ। यो रिपोर्टसँगै परस्त्रीसँगको अफेयरका कारण बिल र मेलिन्डाको सम्बन्धविच्छेद भएको अनुमान गरिएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु