जेठ मसान्तभित्र सबै वार्षिक परीक्षा सक्न निर्देशन

२०७८ जेष्ठ ३ गते, सोमबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले जुनसुकै प्रक्रिया अपनाएर भए पनि जेठ मसान्त भित्र वार्षिक परीक्षा सक्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।महानगरले विद्यालय अनुकूल उपयुक्त मूल्याङ्कन प्रक्रिया अपनाइ विद्यार्थी मूल्याङ्कन गर्न भनेको छ । महानगरपालिका शिक्षा विभागले परीक्षा सञ्चालन, नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यही जेठ २० गते भित्र चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सकी मसान्तसम्ममा नतिजा प्रकाशन गर्न निर्देशन दिएको हो । विद्यालयलाई शैक्षिक सत्र २०७७ को बार्षिक मूल्याङ्कन पाठ्यक्रमले व्यवस्था गरे बमोजिम अनलाइन परीक्षा र अफलाइन परीक्षा, यसै शैक्षिक सत्रमा सञ्चालित त्रैमासिक परीक्षा, टेलिफोन, निरन्तर विद्यार्थी मूल्यांकन, इमेलबाट प्रश्न पठाएर वा अन्य उपयुक्त ढाँचा अपनाइ निर्धारित समयमा मूल्यांकन गर्न विद्यालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रियाहरु