चीनले दिएका १८ हजार अक्सिजन सिलिण्डर काठमाडौं आइपुग्दै

२०७८ जेष्ठ २ गते, आईतवार

काठमाडौ । कोरोना महामारी तीब्र बनिरहेका बेला अक्सिजनको हाहाकार ब्यहोरिरहेको नेपाललाई चीनले नेपाललाई पठाएको स्वास्थ्य सामग्रीहरु स्थलमार्ग हुँदै काठमाडौं आउँदैछ । चीनले अक्सिजनसहितका स्वास्थ्य सामग्री सहयोगस्वरुप नेपाल पठाएको हो । चीनले दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तिब्बत नाकामा आइपुगेको तातोपानी भन्सारका भन्सार प्रमुख नारद मुनि गौतमले जानकारी दिए । भोलिसम्म ती सिलिण्डर तातोपानी आइपुग्नेछन् ।
तिब्बतको कुति (न्यालम) भन्सारबाट अघि बढेका अक्सिजन सिलिण्डर नेपाललाई चिनियाँ पक्षले हस्तान्तरण गर्नासाथ काठमाडौं पठाइने भन्सार कार्यालयले जनाएको छ । अक्सिजन सिलिण्डर अभाव हुन नदिन हवाइ र स्थल दुवै मार्गबाट सामग्री नेपाल ल्याइएको हो ।
अक्सिजनका सिलिण्डर बोकेका १२ वटा कन्टेनर आइपुगेपछि नेपालमा अक्सिजनको अभाव अलि कम हुने बताइएको छ । अहिले काठमाडौंलगायत देशैभरका अस्पतालमा अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाइरहेका छन् ।
हवाई मार्गबाट पनि अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नटेटर र भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री लिन शनिवार राती नै नेपाल वायु सेवा निगमको जहाज बेइजिङ गइसकेको छ ।

यसैबीच , चीनबाट स्थलमार्ग हुँदै आउन लागेको १८ हजार अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको नभई व्यवसायीले ल्याएको खुलासा भएको छ । सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाका अनुसार व्यापारिक प्रयोजनको लागि व्यवसायीहरुले १८ हजार सिलिण्डर चीनबाट ल्याएको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु