‘भेरोसेल’ को दोस्रो डोज आजदेखि

२०७८ जेष्ठ २ गते, आईतवार

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज आजदेखि लगाइने भएको छ । वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज खोप लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सक्ने उल्लेख छ । यसको लागि काठमाडौ महानगरपालिकाका ३२ वटा वडासहित अन्य नगरपालिकामा १/२ वटा खोप केन्द्र तय गरेको छ । सूचना अनुसार चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले जेठ २ गते, चैत २९ र ३० गते लगाएकाले ३ गते, चैत ३१ र वैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, वैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन् ।
यस्तै, वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, वैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते , बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० गते र वैशाख १५ गते पहिलो डोज लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन् ।
काठमाडौंमा संक्रमण फैलिरहेको अवस्थामा धेरै भिडभाड हुन नदिन यसपटक काठमाडौंमा करिब ५० वटा खोप केन्द्रहरुको व्यवस्था गरिएको छ । दोस्रो डोज लिन जाँदा पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड अनिवार्य रुपमा लग्नु पर्नेछ ।

प्रतिक्रियाहरु