माक्र्सवादको प्रतिपादन : विश्व इतिहासमा एउटा युगान्तकारी परिघटना

२०७८ जेष्ठ २ गते, आईतवार

हस्तबहादुर के.सी.

कार्लमाक्र्स (सन् १८१८–१८८३) माक्र्सवादका प्रवर्तक र सर्वहारावर्गका महान् सिद्धान्तकार हुनुहुन्छ । आफ्ना अनन्य मित्र एवम् सहयोगी फ्रेडरिक एंगेल्स (सन् १८२०–१८९५) को सहयोगमा माक्र्सले जुन माक्र्सवादको प्रतिपादन गर्नु भयो, त्यो विश्व इतिहासमा एउटा युगान्तकारी परिघटना थियो । माक्र्सवादले विश्व कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनका निम्ति, साम्यवाद प्राप्तिको संघर्ष गर्नका सैद्धान्तिक, राजनीतिक र सांगठानिक रुपले उत्प्रेरित गर्ने काम ग¥यो । प्रकृति, समाज, राज्यव्यवस्था, आदिका बारेमा कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका, सर्वहारा अधिनायकत्व, र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता मानिन्छन् । सर्वहारावर्गका अर्का महान् नेता भी. आइ. लेनिनको भनाइ अनुसार ‘माक्र्सवाद भनेको माक्र्सका विचार र उनका शिक्षाको व्यवस्थित शृंखला हो’ । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक तत्वको संश्लेषणबाट भएको छ ।

ऐतिहासिक भौतिकवादको क्षेत्रमा

ऐतिहासिक भौतिकवादको अनुसन्धान कार्लमाक्र्सको आफ्नै आविष्कार हो । अर्थात् कार्लमाक्र्स ऐतिहासिक भौतिकवादका आविष्कारक हुनुहुन्छ । उहाँले वर्गीय चल्ने वर्गसंघर्षका नियमहरु पत्ता लगाउनु भयो । ऐतिहासिक भौतिकवाद भनेको समाज विज्ञानका सामान्य नियमहरुको विज्ञान हो । यो सिद्धान्त समाजलाई भौतिकवादी ढंगले हेर्ने, बुझ्ने व्याख्या गर्ने र बदल्नका निम्ति पथप्रदर्शन गर्ने माक्र्सवादी लेनिनवादी माओवादी विश्वदृष्टिकोण हो । द्वन्द्वात्मक भौतिकवादको आधारमा इतिहासको भौतिकवादी व्याख्या गर्ने वैज्ञानिक दृष्टिकोणलाई ऐतिहासिक भौकिवाद भनिन्छ । कार्लमाक्र्सद्वारा प्रतिपादन गरिएको ऐतिहासिक भौतिकवाद द्वन्द्वात्मक भौतिकवादको अभिन्न अंग हो । किनभने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद माक्र्सको दर्शन हो र यो नै सर्वहारावर्गको विश्वदृष्टिकोण हो । खासमा समाज विकासको ऐतिहासिक प्रक्रियाका गतिका सामान्य नियमहरुको अध्ययन गर्ने विज्ञानलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । ऐतिहासिक भौतिकवादमा इतिहास तथा समाज विकासका उत्प्रेरक शक्तिहरुको अध्ययन गरिन्छ । द्वन्द्वात्मक विश्वदृष्टिकोणको आधारमा मानव जातिको इतिहास र सामाजिक जीवनको अध्ययन गर्ने प्रक्रियामा माक्र्सद्वारा ऐतिहासिक भौतिकवादको अनुसन्धान भएको हो । ऐतिहासिक भौतिकवादको खोजले इतिहासको अध्ययनमा विद्यमान आदर्शवाद र अधिभूतवादको अन्त्य गरिन्छ ।

माक्र्सद्वारा ऐतिहासिक भौतिकवादको आविष्कारले इतिहासको क्षेत्रमा क्रान्ति

कार्लमाक्र्सद्वारा ऐतिहासिक भौतिकवादको प्रतिपादन हुनुभन्दा पहिले इतिहासको क्षेत्रमा यान्त्रिक भौतिकवाद, आदर्शवाद र अधिभूतवाद व्याप्त थिए । प्रकृति दर्शनको जस्तै इतिहास दर्शनको क्षेत्रमा पनि वास्तविक अन्तःसम्बन्धलाई स्थापित गर्नुको सट्टा काल्पनिक र रहस्यमूलक अन्तः सम्बन्धलाई स्थापित गरिँदै आउने काम भएको थियो । फायरवाख र हेगेल दुवै आदर्शवादमा फसेका थिए । हेगेलको आदर्शवादलाई उल्ट्याउँदै आफ्नो प्रसिद्ध रचना ‘पवित्र परिवारमा माक्र्सले भन्नु भएको छ, ‘इतिहास केही होइन अपितु लक्ष्योन्मुख मानिसको गतिविधि हो । माक्र्सको यो विचारलाई उत्पादनका लागि संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोग भन्न सकिन्छ । यस सम्बन्धमा आफ्नो प्रसिद्ध कृति जर्मन विचारधारामा माक्र्सले भन्नु भएको छ, ‘जीवन चेतनाद्वारा निर्धारण हुँदैन, अपितु चेतना जीवनद्वारा निर्धारित हुन्छ ।’ यी अभिव्यक्तिहरु माक्र्सका इतिहाससम्बन्धी विचारलाई इतिहास दर्शनको क्षेत्रमा एक महान् क्रान्तिका रुपमा ग्रहण गर्नु आवश्यक छ । ऐतिहासिक भौतिकवादीको प्रतिपादन पछि यसले इतिहासको क्षेत्रमा ठूलो क्रान्ति ल्याइदियो र त्यस स्थितिमा इतिहासको क्षेत्रमा काल्पनिक या रहस्यमय अन्तःसम्बन्ध पनि स्वतः ध्वस्त हुनु पुग्यो र त्यो ठाउँमा वास्तविक अन्तःसम्बन्ध कायम भयो ।

(ख) ऐतिहासिक भौतिकवादको विषयवस्तुका क्षेत्रमा माक्र्सवादको योगदान

ऐतिहासिक भौतिकवाद त्यो दार्शनिक एवं समाज विज्ञान हो, जसले इतिहासका गतिका सामान्य नियमहरुको अध्ययन गरिन्छ । यो अध्ययन ऐतिहासिक भौतिकवादको निश्चित प्रवर्ग हो । यसको अध्ययन ऐतिहासिक भौतिकवादका निश्चित प्रवर्ग पद्धति र सिद्धान्तसँग सम्बन्धित रहेको छ । ऐतिहासिक भौतिकवादको पद्धति भौतिकवादी द्वन्द्ववादको पद्धतिमा आधारित छ । यो पद्धति सबैखाले अधिभूतवादविरुद्ध खडा छ । ऐतिहासिक भौतिकवादको सिद्धान्त सामाजिक सत्ता र सामाजिक चेतनाबीच विद्यमान सम्बन्धको अध्ययन गर्ने दर्शनशास्त्रको भौतिक प्रश्नसँग सम्बन्धित रहेको छ । इतिहाससम्बन्धी दर्शनशास्त्रको यस प्रकारको मौलिक प्रश्नमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको सामाजिक सत्तालाई ज्ञेय, बोधगम्य बताउँछ । यसको अध्ययन उत्पादक शक्ति, उत्पादन सम्बन्ध, आधार र उपरिसंरचना तथा अन्तरविरोधमा आधारित रहेको छ भन्ने कुरा माक्र्सले स्थापित गर्नु भयो ।

वर्ग, वर्गसंघर्ष, इतिहासमा बलप्रयोगको भूमिका, वर्ग र राज्यको विलोपी कारणबारे

वैज्ञानिक समाजवादको क्षेत्रमा खासगरी समाजमा वर्गहरु हुन्छन् भन्ने कुरा पहिले नै सबैलाई थाहा भइसकेको थियो । वर्गीय समाजमा चल्ने वर्ग संघर्षलाई कसरी हल गर्ने भन्ने कुरामा माक्र्सले अध्ययन, अनुसन्धान गर्नु भयो । समाजमा चल्ने वर्गसंघर्षका वैज्ञानिक नियमहरु पत्ता लगाउनु भयो । वर्ग संघर्षले नै वर्गहरुका बीचमा चल्ने वर्गसंघर्षको नियमहरु माक्र्सले अनुसन्धान गर्नु भयो । समाजमा वैज्ञानिक अवस्थाहरु निर्धारण गरेर, माक्र्सले युग विकासका क्रमहरु निर्धारण गर्नु भयो । जस्तै आदिम सामावाही युग, दासयुग, सामन्तवादी युग, पुँजीवादी युग र वैज्ञानिक समाजवादी युग गरी पाँचवटा युग विकासका क्रमहरुको वर्गीकरण गरिदिनु भयो र आदिम समाजवादी युगवाहेक अन्य सबै युगहरु वर्गीय समाजअन्तर्गत संचालन भएका युगहरु भएको वैज्ञानिक ढंगले पुष्टि गरिदिनु भयो । माक्र्सले समाज विकासका गतिका नियमहरु निर्धारण गरेर युग विकासका क्रमबमोजिम समाजवादमा पुग्ने र त्यो साम्यवाद वर्गविहीन, राज्य विहीन समाज व्यवस्था हुने कुरा बताउनु भयो । र, उत्पादन सम्बन्ध र वर्गसंघर्ष नै समाज परिवर्तनका मुख्य कडी भएको सुनिश्चित गर्दै मानव समाज साम्यवादमा पुगे पछि क्रमशः वर्गको विलोपीकरण हुने राज्यको विलोपीकरण हुने समाज विज्ञानका गतिका निश्चित नियमहरु पत्ता लगाएर, माक्र्सले स्थापित गरिदिनु भयो अर्थात् मानव समाज वैज्ञानिक साम्यवादमा पुगेर वर्गहरुको विलोपीकरण हुने, राज्यहरुको विलोपीकरण हुने कुराको वैज्ञानिक ढंगले संश्लेषण भयो । ऐतिहासिक भौतिकवादका क्षेत्रमा माक्र्सको योगदानहरु के–के हुन भन्ने कुरा आउँछ । पहिलो माक्र्सले समाज विज्ञान र इतिहास विज्ञानका क्षेत्रमा ग्रहण अध्ययन गर्नुभयो समाज विकासका र परिवर्तनका गतिका नियमहरु पत्ता लगाउनु । दोस्रो माक्र्सले वर्ग संघर्ष अनिवार्य छ र वर्गसंघर्ष चलाउनको निम्ति सर्वहारावर्गसँग आफ्नै पार्टी अर्थात् सर्वहारावर्गको राजनीतिक अग्रदस्ता कम्युनिष्ट पार्टीको आवश्यकता औल्याउनु भयो । र पार्टी निर्माण गर्ने प्रक्रिया अघि बढाउनु भयो । तेस्रो वर्ग संघर्ष एउटा चरणमा प्रवेश गरिसकेपछि सशस्त्र संघर्षमा जानै पर्छ र सशस्त्र संघर्षले मात्र क्रान्तिको छिनोफानो गर्छ, भन्दै माक्र्सले इतिहासबाट प्राप्त शिक्षा जस्तै फ्रान्सको वर्गसंघर्ष, पेरिस कम्युन लिँदै माक्र्सले सर्वहारावर्गको अधिनायकत्व आवश्यक हुन्छ भन्नु भयो । सर्वहारावर्गको अधिनायकत्व किन आवश्यक छ ? भन्ने कुरामा (१) वर्ग विभेद अन्त्य गर्नका लागि, (२) वर्ग विभेद उत्पन्न हुने उत्पादन सम्बन्ध अन्त्य गर्नका लागि (३) उत्पादन सम्बन्धमा आधारित सामाजिक सम्बन्धहरुको उन्मूलन गर्नका लागि र (४) सामाजिक सम्बन्धबाट पैदा हुने विचारहरु जो हुन तिनीहरुलाई क्रान्तिकारीकरण गर्नका लागि पुँजीवाद समाजवाद हुँदै साम्यवादमा पुग्नका लागि समाजवाद संक्रमणकाल हो भन्ने शिक्षा दिनु भयो । माक्र्सले फ्रान्समा वर्गसंघर्ष र पेरिस कम्युनबाट शिक्षा लिँदै सर्वहारावर्गले वर्गसंघर्षको माध्यमबाट पुरानो राज्यसत्तालाई चकनाचुर पारेर नयाँ राज्यसत्ता ल्याउँछ भन्ने मान्यता माक्र्सले विकसित गर्नु भयो । माक्र्सले इतिहासको अध्ययन गर्ने क्रममा ‘आदिम साम्यवादलाई छोडेर आजसम्मको मानव समाजको इतिहास वर्गसंघर्षको इतिहास हो’ भन्ने प्रमाणित गरिदिनु भयो । ऐतिहासिक भौकिवादका क्षेत्रमा माक्र्सका महत्वपूर्ण योगदानहरु यिनै हुन् ।

माक्र्स –एंगेल्सद्वारा संशोधनवादीहरुका विरुद्ध भने कठोर संघर्ष

माक्र्स र एंगेल्सले प्रथम अन्तर्राष्ट्रियमा घुसेका प्रोडोनवादीहरु र लासालवादीहरु जस्ता अवसरवादीहरु र ब्लांकीवादीहरु जस्ता आतंकवादीहरुका विरुद्ध भीषण वैचारिक संघर्ष गर्नुभयो । र, प्रथम अन्तर्राष्ट्रियलाई विघटन गरेरै भएर पनि माक्र्सवाद र माक्र्सवादी दर्शनको रक्षा र विकासमा महत्वपूर्ण योगदान गर्नुभयो । ती अवसरवादी, आतंकवादी एवम् संशोधनवादीहरुका विरुद्ध भीषण वैचारिक संघर्ष गरेर क्रान्तिकारी माक्र्सवादको रक्षा र विकास गर्नु परेको विषयमा एंगेल्सले भन्नु भएको छ ‘सर्वहारावर्गको विकास जहाँकहीँ पनि आन्तरिक संघर्षको बीचबाट नै अगाडि बढ्छ जस्तो कि माक्र्स र म आफैँले पनि अरु कसैसँग भन्दा बढी नक्कली समाजवादीहरुविरुद्ध जीवनमा कठिन लडाई लडेका थियौं ।’ एंगेल्सका यी भनाइहरु सार्वभौम छन् । कार्लमाक्र्स (१८१८–१८८३) र फ्रेडरिक एंगेल्स (१८२०–१८९५) ले कम्युनिष्ट लिगमार्फत् सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी माक्र्सवादको प्रतिपादन गर्नु भयो । कम्युनिष्ट घोषणापत्रमार्फ विश्व सर्वहारा कार्ल पहिलो पटक आफ्नो मुक्तिको सैद्धान्तिक पथप्रदर्शक सिद्धान्त प्राप्त ग¥यो । माक्र्सले पहिलो नम्बरमा जुन आफ्नो दर्शनको रुपमा रहेको द्वन्द्वात्मक भौतिकवादको अनुसन्धान गरेर यसलाई विकसित तुल्याउनु भयो । दोस्रो नम्बरमा माक्र्सले दर्शनशास्त्रका क्षेत्रमा ऐतिहासिक भौतिकवादको आविष्कार गरेर समाज विकासका सामान्य विज्ञानका रुपमा समाज विकासको ऐतिहासिक प्रक्रियाको गतिका सामान्य नियमहरुको अनुसन्धान गर्ने र ती नियमहरुलाई स्थापित गर्ने कार्य गरेर माक्र्सले दर्शनशास्त्रका क्षेत्रमा महत्वपूर्ण र अतुलनीय योगदान पु-याउनु भएको छ ।

प्रतिक्रियाहरु