नेपाल एयरलाइन्सको विमान अक्सिजन सिलिण्डर लिन ओमान प्रस्थान

२०७८ जेष्ठ १ गते, शनिबार

काठमाडौँ । नेपाल एयरलाइन्सको विमान गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन ओमान प्रस्थान गरेको छ । शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान भरेको तयारी नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले बताए ।
पौडेलका अनुसार ओमनबाट फर्केर सोहीदिन साँझ चीनको बेईजिङमा संकलिक करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री ल्याइनेछ ।
त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ । अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको पौडेलले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार