रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा सिमित

२०७८ जेष्ठ १ गते, शनिबार

काठमाण्डौं। कोरोना महामारीका कारण यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गर्न लागिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । आज करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर त्यहीँ विसर्जन गर्ने तयारी गरिएको महर्जनले जानकारी दिए । रथयात्रा साढे २ बजे ललितपुरको पुल्चोकमा हुने छ । रथयात्राको बारेमा बुधबार बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई मध्यनजर राख्दै न्यून संख्यामा उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक रुपमा रथ तान्ने निर्णय गरेको थियो ।
अघिल्लो वर्ष कोरोना महामारीका कारण समयमा रथयात्रा हुन सकेको थिएन । ढिला गरी भएको रथयात्राको क्रममा स्थानीय प्रशासन र स्थानीयबीच झडप समेत भएको थियो । तर यो वर्ष समयमा नै सरोकारवाला पक्षसँगको छलफलपछि रथयात्राको मिति तय भएकोले कुनै समस्या नभएको अध्यक्ष महर्जनले जानकारी दिए । वैशाख पूर्णिमाको भोलिपल्ट हुने महास्नानसँगै सुरु भएको यो असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

रथ यात्रा करिब एक हजार ६०० वर्ष पुरानो मानिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार