असिना पानीले तरकारी खेती सखाप !

२०७८ बैशाख ३० गते, बिहीबार


काठमाडौँ । असिना पानीले लाखौँ मूल्यको तरकारी खेतीमा ठूलो रुपमा क्षति पुर्याएको छ । दाङ्ग तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरिया क्षेत्रमा बुधबार दिउँसो ठूलो असिनापानी परेपछि बिक्रिका लागि तयारी अवस्थाको गोलभेडा , काँक्रा, करेला, खुर्सानी सखाप पारिदएको छ। ‘ठूलो असिना पानी आयो र तयारी अवस्थाको सबै तरकारी सखाप पारिदियो,’ कृषक शिशिर रावतले भने, ‘एकातर्फ कोरोना महामारीले तरकारी बिकेको थिएन अर्कौतर्फ आज त असिनाले सबै सखाप पारिदियो।’ रावत आफूले लगाएको झन्डै एक बिगाहा क्षेत्रफलको टमाटर, काँक्रा र करेला असिना पानीले सबै नष्ट गरेको बताए। उनले मंगलबार मात्रै प्रति केजी ३ रुपैंयाको दरले केही टमाटर बिक्रि गरेका थिए। ‘मंगलबार मात्रै मैले कही टमाटर तीन रुपैंया किलो बेचेको थिएँ,’ रावतले भने ‘ केही बेरमा अर्का ब्यापारी गाडी लिएर टमाटर टिप्न आउँछु भन्दै हुनुहुन्थ्यो, तर असिनाले सबै सखाप पारिदियो।’ बखरिय गाउँमा मात्रै झन्डै २५ बिगाहा जति क्षेत्रफलमा स्थानीयले तरकारी खेति गरेको र त्यो सबै असिना पानीले सखाप पारेको रावतले बताए।
‘एक त कोरोनाको महामारीले तरकारी बिक्रि भएको थिएन,’ रावतले भने ‘त्यसैमाथि आज प्रकृतिले समेत हामीलाई रुवाएको छ।’ उनलाई केही ब्यवसायीले फोन सम्पर्क गरि बुधबार तरकारी किन्न आउने बचन दिएका थिए। टमाटर खेतिको पहिलो बर्षमै क्षति भयो। उक्त टमाटर खेतिको बीमा पनि छैन् । त्यहाँ ७/८ जना किसान छन् । प्रत्येकको ५ देखि ७ लाखसम्म क्षति भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु