गंगा नदीमा ७१ बेवारिसे शव !

२०७८ बैशाख २९ गते, बुधबार


काठमाडौं । भारतको विहारस्थित गंगा नदी किनारमा भेटिएका बेवारिसे शवको संख्या ७१ वटा पुगेको छ । पहिचान नखुलेका ती शवहरु कहाँबाट आयो भन्ने समेत यकिन हुन सकेको छैन । पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शवहरु बक्सर जिल्ला प्रशासनले पोष्टमार्टम पछि गाडेको जनाएको छ । शवहरुको डिएनए नमूना भने सुरक्षित राखिएको छ । अहिले वर्षाको बेला नभएको र नदीमा जल सतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न नसकिने स्थानीय अधिकारीहरुले बताएका छन् ।
कतिपयले भने शव जलाउने दाउराको मूल्य महँगो भएकाले शवहरु त्यत्तिकै फ्यालिदिएको हुनसक्ने अनुमान समेत गरेका छन् । यसअघि पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन बढी शव भेटिएका थिए ।- एजेन्सी

प्रतिक्रियाहरु