अन्तर्राष्ट्रिय उडान जेठ १७ सम्म बन्द

२०७८ बैशाख २९ गते, बुधबार

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा थप प्रतिबन्ध लगाएको छ । आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म प्राधिकरणले सूचनामार्फत बन्द गर्ने निर्णय गरेको हो । तर, उक्त अवधिमा काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहने सूचनामा भनिएको छ । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्ने भनिएको छ।
यसैगरी प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ सरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रियाहरु