जनस्वास्थ्यकर्मी महासङ्घ चितवनद्वारा सहायता डेस्क स्थापना

२०७८ बैशाख २५ गते, शनिबार


काठमाडौँ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ चितवनले कोरोना महामारीको असरलाई ध्यान दिँदै भरतपुर अस्पतालमा सहायता डेक्स स्थापना गरेको छ । कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै अस्पताल आउने बिरामीलाई मास्क र स्यानिटाइजर प्रयोगमा ध्यान दिन आग्रह गर्दै यसको असर र बच्ने तरिकाबारे जानकारी गराउने उद्देश्यले सहायता डेक्स स्थापना गरिएको जानकारी अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ चितवनका संयोजक होमनाथ पौडेलले दिए ।
शुक्रबार नेपाल कम्युनिस्ट पार्टी चितवनका जिल्ला इन्चार्ज सन्देश पौडेलले स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरी उक्त सहायता डेक्स उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा जिल्ला सेक्रेटरी मीनप्रसाद सापकोटा, अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईलगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु